News Portal

  • मोरङमा लागू तथा मनोद्विपक औंषधि र कर सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

    हिमालीसंचार संवाददाता
    १६५ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको विभिन्न नगरपालिकाहरुमा लागू तथा मनोद्धिपक र कर सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न गरिएको छ। औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

    रंगेली नगरपालिका- ७ स्थित तिरुपति बालाजी मन्दिरको सभाहलमा नेपाल औषधी व्यवसायी संघ मोरङले सोमबार एक कार्यक्रमको आयोजना गर्दे चिकित्सकको प्रेसक्रिप्सन विना लागू तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको कारणले समाजका युवाहरु कुलतमा फस्ने सम्भावना बढ्दै गएको सहभागीहरुले बताए ।  

    नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी अधिकृत अनिल परियारले औषधीको समुचित प्रयोग बढाउने र अनुचित प्रयोग घटाएर लैजान सबैको साथ सहयोग आवश्यक रहेको बताए । औषधी व्यवसायीहरुलाई सचेत गराउनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको समेत बताए । 

    फार्मेशीहरुले आफु खुसी बिक्री वितरण गरेको पाइए औषधी ऐन २०३५ अनुसार कारवाहीको भागिदार हुनुपर्ने र पछिल्लो समय लागू तथा मनोद्धिपक औषधि चरम दुरूपयोग बढेको उल्लेख गर्दै उनले औषधी व्यवसायीहरू सचेत हुन जरुरी रहेको समेत  बताए। चिकित्सकले शिफारिस गरे अनुसार लागू तथा मनोद्धिपक औषधिको सेवनले विरामी ठिक हुने गर्दछ,’ उनले भने, ‘तर, यही औषधी गलत तरिकाले अनुचित रुपमा विक्री वितरण गर्दा दूर्व्यासनीले सेवन गरेको सहभागीहरुले बताए । 

    कार्यक्रममा रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका र कानेपोखरी गाउँपालिकाको औषधि व्यवसायहरुको सहभागी रहेको थियो।रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुली, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का, सिजुवाका प्रमुख प्रहरी निरीक्षक डुण्डी गिरी, नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मि तिम्सिना, देशबन्धु ढकाल रंगेलीका औषधि ब्यवसायका नरेश मंण्डल, शिशुपाल यादव, रुपेश मंण्डल, अर्विन मण्डल लगायतका सहभागीहरु रहेको थियो । त्यस्तै, आन्तरीक राजस्व कार्यालय विराटनगरका कर अधिकृत प्रेमप्रसाद मण्डलले अभिमुखिकरण तालिम प्रदान गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

    प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै...

    धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, सार्वजनिक विदामा पनि चढ्न पाइने

    काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र...

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...

    काभ्रेको रिसोर्टमा अनलाइन सट्टेबाजी गर्दै पाँच जना समातिए, मोबाइल र ल्यापटपसहित पक्राउ

    काभ्रेपलाञ्चोक, असार ३१ – काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पाँच जना पक्राउ...

    अमेरिकामा सडक दुर्घटनामा परी २ नेपाली विद्यार्थीको मृत्यु

    लुइसियाना, असार ३१ – अमेरिकाको लुइसियाना राज्यमा सडक दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीले ज्यान...