News Portal

  • मोरङको रंगेली प्रहरीद्वारा तीन जना फरार अभियुक्त पक्राउ

    हिमालीसंचार संवाददाता
    ५५२ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जदाहा गाउँपालिका-४ स्थित  जयरामपुर टोल बस्ने ३० बर्षीय दिनेशकुमार मुखियालाई लेनदेनको बिगो मुद्धामा जिल्ला अदालत मोरङले २०७९ माघ २७ गते ६ महिना तोकिएको र फरार कसुरदार आफ्नै गाँउ घरमा लुकीछिपी बसि रहेको अवस्थामा मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।

    त्यस्तै, मोरङकै धनपालथान गाउँपालिका- ५  स्थित  बबियाटोल बस्ने ४० बर्षीय सञ्जय मण्डल बोक्सिको आरोपमा फरार अभियुक्त रहेको र जिल्ला अदालत मोरङको फैसला मंसिर ७ गतेले २०७८ सालमा ५ बर्ष कैद र नगद ५० हजार रुपैयाँ   जरिवना तोकेको थियो । 

    त्यस्तै, सोहि स्थान बस्ने टेट्नु मण्डलको छोरी ६० बर्षकी चम्पादेवी मण्डललाई ४ बर्ष ११ महिना १ दिन कैद र नगद ५० हजार रुपैयाँ जरिवना तोकिएको र उनीहरु आफ्नै गाँउ घरमा लुकीछिपी बसि रहेको अवस्थामा रंगेली प्रहरीले गोप्य सूचनाको आधारमा तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले हिमालीसंचारडटकमसंग बताए 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

    प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै...

    धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, सार्वजनिक विदामा पनि चढ्न पाइने

    काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र...

    नेपालमा लगानीकर्तालाई सहज वातावरण दिनु सरकारले सुनिश्चित गर्नुपर्छ : देउवा

    काठमाडौं, असार ३१ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी...

    काभ्रेको रिसोर्टमा अनलाइन सट्टेबाजी गर्दै पाँच जना समातिए, मोबाइल र ल्यापटपसहित पक्राउ

    काभ्रेपलाञ्चोक, असार ३१ – काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पाँच जना पक्राउ...

    अमेरिकामा सडक दुर्घटनामा परी २ नेपाली विद्यार्थीको मृत्यु

    लुइसियाना, असार ३१ – अमेरिकाको लुइसियाना राज्यमा सडक दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीले ज्यान...