News Portal

इलाममा बस दुर्घटना हुदा मोरङ रंगेलीका २६ जना यात्रु घाइते

हिमालीसंचार संवाददाता
२५१ पटक

रविन्द्र बराल/मोरङ – इलाममा बस दुर्घटना हुँदा रंगेली नगरपालिकाको २६ जना घाइते  भएका छन् । दुर्घटनामा मोरङ रंगेलीका २६ जना घाइते भएका हुन ।

शुक्रबार साँझ पौने ५ बजे इलामको कन्यामबाट झापातर्फ आउँदै गरेको को १ ख ४४०८ नम्बरको बस मेची राजमार्ग अन्तरगत रोङ गाउँपालिका-४ भालुझोडामा दुर्घटना हुँदा २६ जना घाइते भएका हुन् । 

बसको ब्रेक फेल भई बस सडकको छेउमा रहेको कालिमन्दिरमा ठोक्किएको प्रहरीले जनाएको छ। बसमा सवार ३२ जनामध्ये चालक सहित २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

घाइते भएका सबैलाई उपचारको लागि बिएण्डसि हस्पिटल विर्तामोड झापातर्फ पठाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। घाइतेहरु हुनेहरुमा जिल्ला मोरङ रंगेली नगरपालिका २ वस्ने वर्ष ४० की मञ्जु सरदार, वर्ष ३६ की रिना गडेरी, वर्ष ४८ की देविका कार्की वर्ष ५० की सर्मिला पाठक वर्ष ५२ कि विनिता मिश्र, वर्ष ३८ कि सर्मिला रिजाल, वर्ष ६५ की भद्र माया खड्का, वर्ष ६१ कि मुनेश्वरी खड्का, वर्ष ५८ कि सिता कोइराला, वर्ष ६५ कि राधा भुजेल, वर्ष ५२ की शान्ति गडेरी, वर्ष ६० की सुकनी देवि मण्डल, वर्ष ३६ कि मालती मुखिया, वर्ष ३३ कि आशा झा, वर्ष २२ कि राजकुमारी राय, वर्ष ४५ को नन्द किशोर मण्डल, वर्ष ४० कि ममता देवि मण्डल, वर्ष ५० कि लक्ष्मी आचार्य, वर्ष ३५ की दुर्गा गिरी, वर्ष ४८ कि मञ्जु कठेत, वर्ष ३५ कि कमला कार्की, वर्ष ४१ कि रिता खतिवडा, वर्ष ६० कि पदम माया खड्का, वर्ष ६१ कि देवि माया खरेल, वर्ष ५० कि लक्ष्मी राजवंशी र रतुवामाई नगरपालिका ८ वस्ने चालक वर्ष ३५ को राजकुमार राई धाईते भएका हुन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...