News Portal

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना : पाइलटसहित दुईजना गम्भीर घाइते

हिमालीसंचार संवाददाता
२९३ पटक

नवराज राई/संखुवासभा – संखुवासभाको अप्पर अरुण हाइड्रो पावरको सामन ढुवानी गर्ने क्रममा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्। 

सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खाका स्थानीयबासी वाङ भोटेले जानकारी दिए। उनका अनुसार अप्पर अरुण हाइड्रोको सामन ढुवानी गर्ने क्रममा हेलिकोप्टर बारीको पाटामा खसेर दुर्घटना भएको हो। 

भोटेले हेलिकोप्टर दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल सहित सवार २ जना गम्भीर घाइते भएको जानकारी दिएका छन्।   हेलिकोप्टरमा सामान ढुवानीमा संलग्न संखुवासभाकै चेपुवाका छिरिङ भोटे, भोटखोलाकै भविन गुरुङ र अर्का नाम नखुलेका व्यक्ति सवार थिए। हेलिकप्टरमा दुर्घटनामा परेका उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर दुर्घटना स्थल जादै गरेको छ । 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...