
नवराज राई/संखुवासभा – संखुवासभाको अप्पर अरुण हाइड्रो पावरको सामन ढुवानी गर्ने क्रममा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्।
सामान ढुवानीका क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खाका स्थानीयबासी वाङ भोटेले जानकारी दिए। उनका अनुसार अप्पर अरुण हाइड्रोको सामन ढुवानी गर्ने क्रममा हेलिकोप्टर बारीको पाटामा खसेर दुर्घटना भएको हो।
भोटेले हेलिकोप्टर दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल सहित सवार २ जना गम्भीर घाइते भएको जानकारी दिएका छन्। हेलिकोप्टरमा सामान ढुवानीमा संलग्न संखुवासभाकै चेपुवाका छिरिङ भोटे, भोटखोलाकै भविन गुरुङ र अर्का नाम नखुलेका व्यक्ति सवार थिए। हेलिकप्टरमा दुर्घटनामा परेका उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर दुर्घटना स्थल जादै गरेको छ ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
