News Portal

सिद्धकाली माविले अभिभावक भेला, शिक्षक सम्मान तथा पुरस्कार वितरण, अक्षयकोष छात्र वृत्ति वितरण गऱ्यो

हिमालीसंचार संवाददाता
२३३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ६ स्थित रहेको सिद्धकाली माध्यमिक बिधालयले एक कार्यक्रमको आयोजना गर्दै अभिभावक भेला, अक्षयकोष छात्रवृत्ति वितरण तथा  सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ ।

बिधालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नागेश्वरप्रसाद सिंह, विशिष्ट अतिथि उपमेयर दयन्तदेवी चुडाल, नगर उपप्रमुख, वडा अध्यक्ष  तुलाराम लुइँटेल, बालिका छात्रवृत्ति अक्षयकोष दाता तथा विद्यालयका संस्थापक बिमला घिमिरे, दुर्गाबहादुर श्रेष्ठ, समाजसेवी बलबहादुर बस्नेत, राजेन्द्र बहादुर कटुवाल, चिरन्जीवी काफ्ले, अभिभावक ,स्थानीय, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थित समेत रहेको थियो।  

कार्यक्रममा सेवा निवृत्त शिक्षक, अक्षयकोष संस्थापक  लगायतहरुलाई खादा, दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । बिधालयले  जेहेन्दार तथा  बिधालयमा प्रथम, दितिय र तृतीय हुने नर्सरीदेखि १० कक्षासम्मका बिधार्थीहरुलाई व्याग, कापी, डटपेन समेत वितरण गरिएको थियो।

बालबालिकाहरुले अतिथिहरुलाई विभिन्न गीतमा नृत्य गरेर मनोरञ्जन समेत गराएका थिए। सरकारी बिधालयका शिक्षकहरुको लापरबाहीका कारण गर्दे अति विपन्न परिवारको बालबालिकाहरुको पठनपाठन कमजोरी भएको र ८ कक्षामा पढ्ने बिधार्थीहरु अहिलेसम्म पनि आफ्नो नाम समेत लेख्न नसक्ने र नगरपालिकाले सरकारी बिधालयलाई प्राथमिकतामा राखेर बालबालिकाहरुको पठनपाठनमा उचित व्यवस्थापन गर्नु पर्ने समेत बताए । 

बर्षौदेखि समाजसेवीमा लागेर रतुवामाई नगरपालिका भित्रमा रहेको सामुदायिक बिधालयहरुमा आफुले आर्जन गरेर बचत गरेको रकमबाट बिधालयमा पंखा, तथा बालबालिकाहरुलाई बिधालय पोशाक, जुत्ता लगायतका सामाग्री सहयोग गर्दे आईरहेका  समाजसेवी बलवहादुर बस्नेतले बताए । बिधालयले समाजीक कार्यमा योगदान गरेका व्यक्तितबहरुलाई दोसल्ला र प्रमाणपत्र समेत प्रदान गरी सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...