News Portal

निर्मलाका यी दोषीलाई जोगाउन पत्नीले गरिन् हल्लाखल्ला

२१३१ पटक

महेन्द्रनगर : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयद्वारा बर्खास्तीका लागि सिफारिसमा परेका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टकी पत्नी निर्मला भट्टले आफ्ना पतिलाई फसाउन लागेको आरोप लगाएकी छिन् ।

निरीक्षक भट्टलाई बर्खास्तीका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेपछि सोमबार भट्टकी पत्नी निर्मलाले भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित घरमै पत्रकार सम्मेलन गरेर जगदीश भट्टलाई सरकारले फसाउन खोजेको आरोप लगाएकी हुन् ।

प्रहरी निरीक्षक भट्टकी श्रीमती निर्मला भट्टले सरकारले आफ्ना श्रीमानलाई फसाउन खोजेको बताइन् । उनले अनुसन्धान अधिकारी र मुद्दा फाँटका इन्चार्ज नभइ घटना भएको क्षेत्रमा वडा इन्चार्ज भएका कारण उनलाई फसाउन खोजेको गुनासो पोखिन् ।

‘मेरा श्रीमानलाई प्रहरीका उच्च अधिकारीले बारम्बार हत्यामा तेरो पनि संलग्नता छ, हत्यारालाई सघाएको छस, त्यो उखुबारी पनि तेरै आफन्तको हो भन्दै मानसिक यातना दिइरहेका छन्’, उनले भनिन्, ‘श्रीमानलाई झुटको खेती गरिरहेको छस, जेल हालिदिन्छु भन्दै प्रहरीबाटै धम्की आईरहेको छ ।’

निर्मला पन्त हराएको विषयमा पीडित परिवारले वडा कार्यालयमा फोनमार्फत जानकारी गराएको र हुलिया सहित फोटो ल्याउनु भनेर श्रीमानले भनेको उनले बताइन् ।

निर्मलाको शव फेला पर्ने वित्तिकै श्रीमानले नै रोशनी बम र बबिता बमको घरमा खानतलासी र सोधपुछ गरेको उनले बताइन् ।

निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्तीका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । मिडियाडबली

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...