News Portal

  • मकाउमा विभिन्न ८ संस्थाले संयुक्त रुपमा २५६७ औं बुद्ध जयन्ति मनाउदैं

    हिमालीसंचार संवाददाता
    ३९८ पटक

    मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत विभिन्न ८ जातिय संघ संस्थाहरुले यस बर्ष सामुहिक रुपमा २५६७औं बुद्ध जयन्ति मनाउने भएका छन्।

    मकाउमा गठीत गुरुङ “तमु” समाज मकाउ, शेर्पा समाज मकाउ, तामाङ घेदुङ मकाउ, किरात राई यायोक्खा मकाउ, किरात याक्थुङ चुम्लुङ मकाउ, मगर संघ मकाउ, नेवा गुठी मकाउ र नेपाल आदिवासी जनजाति महासंघ मकाउले संयुक्त रुपमा मकाउ स्थित पाकप चाओ बुद्ध बिहार मन्दिर मकाउमा आगामी मे ५ तारिख शुक्रबार विहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म पाठपुजा गरी २५६७ औं बुद्ध जयन्ति मनाउन लागेको गुरुङ “तमु” समाज मकाउका अध्यक्ष लिलबहादुर गुरुङ “गोरा” ले हिमालीसंचारडटकमलाई जानकारी दिए। 

    अथ्यक्ष गुरुङले मकाउमा रहनु हुने नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई संयुक्त रुपमा पाकप चाओ बुद्ध बिहार मन्दिरमा पुजा-पाठ एवम् शुभकामना आदन प्रदान कार्यक्रममा उपस्थितिका लागि समेत विशेष अनुरोध गरेका छन्। उक्त कार्यक्रमका लागि आवश्यक तयारी समेत भइरहेको जानकारी दिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...