News Portal

मोरङको रंगेलीमा “सामी”ले सुरक्षित आप्रवासन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गऱ्यो

हिमालीसंचार संवाददाता
२४६ पटक

रबिन्द्र बराल/मोरङ – सुरक्षित आप्रवासन (सामी) ले रंगेली नगरपालिकामा सामी’ले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। सामीले समुदायमा रहेका अगुवा तथा जनप्रतिनिधिहरूसंग वैदेशिक रोजगारका विषयमा अभिमुखिकरण कार्यक्रम गरेको हो ।

आयोजित कार्यक्रममा बैदेशीक रोचगारीमा  काम गर्ने जाने युवा तथा महिलाहरुले पछिल्लो समयमा एजेन्ड तथा विभिन्न कम्पनीहरुले रोजगारीका लागि गएका कामदारहरुलाई विभिन्न कामहरु लागाउने र बढी मात्रामा यातना दिने गरेको कार्यक्रममा सहभागीहरुलाई जानकारी समेत गराएका थिए । 

एजेन्टहरुले गाउँ घरका युवाहरुलाई झुक्याएर धेरै रकम लिने र उनीहरुलेले भने अनुसार काम समेत नहुदा युवाहरु विदेशी भुमिमा अलपत्र पर्ने गरेको बताए । विदेशमा रोजगारी गर्ने जाने युवाहरुले नेपाल सरकारले केही महिना अगाडिदेखि नि:शुल्क रुपमा खान, बस्न दिएर सीप सिकाएर विदेशमा रोजगारीका लागि पठाउने गरेको कार्यक्रमका सहभागीहरुलाई जानकारी गराएका थिए । 

नेपाल सरकार र स्वीस सरकार वीच भएको द्विपक्षिय सम्झौता भए अनुसार स्थानीय सरकारको नेतृत्व र हेल्मेटास नेपालको प्राविधिक सहयोगमा सेवा प्रदायक संस्था सगरमाथा सामुदायिक विकास केन्द्रद्वारा आयोजित कार्यक्रमको आयोजना गरिएको थियो । आयोजित कार्यक्रममा रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत ओमकार न्यौपाने स्थानीय महिला सरस्वती देवी बहरदार, परेखा देवी मण्डल, लक्ष्मी विक लगायतको सहभागिता रहेको थियो ।   

त्यस्तै, मोरङको जिल्ला संयोजक दिपक राउत, रंगेली नगरपालिका संयोजक अनिरुद्र ठाकुर, दिलिप कुमार मण्डलले कार्यक्रममा सहभागीहरुलाई अभिमुखिकरण गराएका थिए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...