News Portal

बहराइनमाथि सानदार जित निकाल्दै युएई सेमिफाइनलमा

हिमालीसंचार संवाददाता
२६२ पटक

Lकाठमाडौं। एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै युएई सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार मुलपानी मैदानमा जित हात पारेसँगै समूहका सबै ४ खेल खेल्दा शीर्ष स्थानको युएईले ६ अंक जोड्यो।

अब पाँच अंक जोडेर दोस्रो स्थानमा रहेको हङकङ वा ४ अंक जोडेको कुवेतमध्ये एक टिम सेमिफाइनल पुग्नेछ। हङकङ र कुवेतबीच बिहीबार खेल हुँदैछ। तीन अंक जोडेको बहराइन र सबै खेलमा पराजित सिंगापुर भने बाहिरिएका छन्।

बुधबार पहिले ब्याटिङ गरेको बहराइन ४०.५ ओभरमा ११६ रनमै अलआउट भयो। बहराइनका लागि कप्तान हैदर बट र अली दाउदले सर्वाधिक २३-२३ रन जोडे। बलिङमा युएईका आयन खानले ४ विकेट लिए। रोहन मुस्ताफा र कार्तिक मेइयाप्पनले २/२ विकेट लिए।

११७ रनको लक्ष्य युएईले २७.४ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो। वृत्य अरविन्दले नटआउट ६२ रन र मुस्ताफाले नटआउट ५० रन जोडे। त्यसअघि आर्यन लक्रा ५ रन र मोहमद वासीम १ रनमा आउट भए।

यो समूहको विजेताले नेपाल रहेको समूह ‘ए’ को उपविजेतासँग सेमिफाइनलमा भिड्नेछ। यस्तै समूह उपविजेताले समूह ‘ए’ को विजेतासँग खेल्नेछ।

नेपालले बिहीबार साउदी अरेबियालाई पराजित गरे समूह विजेता हुनेछ। यस्तै, भोलिको खेलमा हङकङले जित हात पारे समूह विजेता हुनेछ। यस्तो अवस्थामा नेपाल र युएईबीच सेमिफाइनलमा भिडन्त हुने देखिन्छ। नेपाल पराजित भए र हङकङले जित हात पारेमा भने दुई टिमबीच सेमिफाइनलमा भेट हुने सम्भावना छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...