News Portal

बहराइनमाथि सानदार जित निकाल्दै युएई सेमिफाइनलमा

हिमालीसंचार संवाददाता
३१९ पटक

Lकाठमाडौं। एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै युएई सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार मुलपानी मैदानमा जित हात पारेसँगै समूहका सबै ४ खेल खेल्दा शीर्ष स्थानको युएईले ६ अंक जोड्यो।

अब पाँच अंक जोडेर दोस्रो स्थानमा रहेको हङकङ वा ४ अंक जोडेको कुवेतमध्ये एक टिम सेमिफाइनल पुग्नेछ। हङकङ र कुवेतबीच बिहीबार खेल हुँदैछ। तीन अंक जोडेको बहराइन र सबै खेलमा पराजित सिंगापुर भने बाहिरिएका छन्।

बुधबार पहिले ब्याटिङ गरेको बहराइन ४०.५ ओभरमा ११६ रनमै अलआउट भयो। बहराइनका लागि कप्तान हैदर बट र अली दाउदले सर्वाधिक २३-२३ रन जोडे। बलिङमा युएईका आयन खानले ४ विकेट लिए। रोहन मुस्ताफा र कार्तिक मेइयाप्पनले २/२ विकेट लिए।

११७ रनको लक्ष्य युएईले २७.४ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो। वृत्य अरविन्दले नटआउट ६२ रन र मुस्ताफाले नटआउट ५० रन जोडे। त्यसअघि आर्यन लक्रा ५ रन र मोहमद वासीम १ रनमा आउट भए।

यो समूहको विजेताले नेपाल रहेको समूह ‘ए’ को उपविजेतासँग सेमिफाइनलमा भिड्नेछ। यस्तै समूह उपविजेताले समूह ‘ए’ को विजेतासँग खेल्नेछ।

नेपालले बिहीबार साउदी अरेबियालाई पराजित गरे समूह विजेता हुनेछ। यस्तै, भोलिको खेलमा हङकङले जित हात पारे समूह विजेता हुनेछ। यस्तो अवस्थामा नेपाल र युएईबीच सेमिफाइनलमा भिडन्त हुने देखिन्छ। नेपाल पराजित भए र हङकङले जित हात पारेमा भने दुई टिमबीच सेमिफाइनलमा भेट हुने सम्भावना छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...