News Portal

विभेद तोड्न पहिचानको आन्दोलन : खगेन्द्र संग्रौला

हिमालीसंचार संवाददाता
२४९ पटक

इटहरी – लेखक तथा नागरिक अभियनता खगेन्द्र संग्रौलाले विभेद तोड्नका लागि पहिचानको आन्दोलन भएको बताएका छन् । इटहरीमा आइतबार आयोजित कोशी प्रदेश नामङ्कन विरोध सभालाई सम्बोधन गर्दै उनले जहाँ अन्याय, असमानता र विभेद हुन्छ त्यहाँ तोड्नुपर्ने बताएका हुन् ।

‘यो आन्दोलन अन्याय तोड्नकै लागि हो । असमानता तोड्नकै लागि हो । जहाँ विभेद छ त्यसलाई तोड्नुपर्छ । तर, राज्यमा हालीमुहाली गरिरहेकाहरुको सिंगो भाग खोस्नका लागि होईन’, उनले भने- ‘राज्य, सरकार भनेको समस्त जनताको हो । अविभावक जस्तै हो । अविभावकको दृष्टिमा सबै नागरिक सम्मान हुनुपर्छ । तर, आज राई, लिम्बूहरु यो राज्य सञ्चालकहरुका दृष्टिमा सम्मान भएनन् । तीनका सामान्य मागहरुमा दमन गरिएको छ ।’

उनले आन्दोलनका अगुवाहरुले आन्दोलनाई सम्यमित र सफल तुल्याउन प्रशिक्षण दिनु जरुरी रहेको बताए । पहिचानको आन्दोलन अहिंसात्मक आन्दोलन भएको भन्दै उनले शान्तिपूर्ण आन्दोलन गरिहेकै बेलामा राज्यले अवरोध खडा गर्छ भने त्यसको प्रतिकार जनताले गर्ने बताए ।

अब पनि पहिचानको सपनामाथि विश्वासघात गर्ने त्यहि पुरानो दल, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी जस्ता दलहरुलाई भोट दिने हो भने आदिवासी जनजातीहरुले पहिचानको मुद्धा छोड्नुपर्ने उनको भनाई छ । ‘जो लड्दैन तिनीहरु दास हुन्छन् । लड्नेहरुले जीवनको बाजी जित्छन्’, उनले भने- ‘प्रदेश १ को नाम के राख्ने ?’ भन्ने प्रशंगमा अनेक विवाद आएको भन्दै उनले संविधानले सबै व्यवस्था गरेको स्पष्ट पारे । ‘प्रदेशमा ठूलो संख्या जसको छ । तीनको सभ्यताको नामबाट प्रदेशको नामाकरण गरिन्छ । यो संविधानले गरेको व्यवस्था हो । जसको संख्या सानो छ तीनले स्वायत्ता क्षेत्र पाउन सक्छन् । विशेष अधिकार पाउन सक्छन् । त्यसको प्रवन्ध पनि संविधानले गरेको छ ।’

यस्तै उनले राई र लिम्बु भनेको इतिहासमा एउटै बाटोबाट आएका र उनीहरुको सुख र दुःख एउटै भएको बताए । ‘मलाई चित्त नबुझेको के हो भने लिम्बूवान अगाडी कि किरात अगाडी, किरात अगाडी कि लिम्बूवान अगाडी ? यो चाहिँ अनौठो कुरा हो । राई र लिम्बु भनेको इतिहासमा एउटै बाटोबाट आएका हुन् । तीनको सुख र दुःख एउटै हो’, उनले भने- ‘किरात लिम्बुवान राखे पनि लिम्बुवान किरात राखे पनि त्यसमा हामीले स्वीकार्नुपर्छ सहमति गर्नुपर्छ । तपाई भनिरहनु भएको छ यो राज्य चलाउनेहरुको चित्त झिंगाको जति सानो हो । तर, हाम्रो चित्त अलिक फराकिलो, ठूलो हुनुपर्छ । कमसेकम उत्पीडित समुदायका सदस्यहरुले अरु उत्पीडित सदस्यहरुमाथि पनि सहानुभूति, सम्मान राख्नुपर्छ । तिनीहरुसँग बाँच्ने सहअस्तित्वको संकल्प गर्नुपर्छ, सहकार्य गर्नुपर्छ । हामीले त्यसो नगरेको खण्डमा मुद्धा जितिन्दैन ।’ दृष्टीले लेखेको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...