News Portal

  • ओडिआईमा नेपालको कीर्तिमानी स्कोर, ओमानलाई दियो ३११ रनको लक्ष्य

    हिमालीसंचार संवाददाता
    ११६ पटक

    काठमाडौं। युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ।

    नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो। यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो।

    कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशलको १०८ र सोमपालको रन मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो।

    १९ वर्षीय कुशलले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए। उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए।

    कुशल ओडिआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी समेत बने। यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक प्रहार गरिसकेका छन्।

    सन् २०२० मा क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिका विरुद्ध डेब्यु गरेका कुशल मल्लले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरेका हुन्। उनी नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउनेमा सातौं स्थानमा छन् ।यस्तै ओडिआईमा दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा सोमपालले अविजित ६३ रन बनाए।

    खराब सुरुवातपछि कुशलको शतक

    घरेलु मैदानमा नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो। पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औ बलमा रनको खाता खोलेको थियो। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शुन्यमा आउट हुँदा नेपालले रन जोडेकै थिएन।

    कुशल भुर्तेल तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा परे। आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे।

    त्यसपछि भिम शार्की र कप्तान रोहित पौडेलले अर्धशतकिसय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए। तेस्रो विकेटका लागि भिम र रोहितले ५४ रनको साझेदारी गरे।

    रोहित ३४ बलमा २३ रन बनाएर १८औं ओभरमा आउट भए। त्यसपछि भिम पनि २०औं ओभरमा आउट भए। भिमले ५६ बलमा ३३ रन योगदान गरे।

    भिम र रोहित आउट भएपछि आरिफ शेख र कुशल मल्लले नेपालको इनिङ्स अघि बढाए। आरिफ र शकुशल मल्ले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे। आरिफले ४३ बलमा २९ रन बनाए।

    कुशलले मल्लले ६४ बल खेल्दै ९ चौका र १० छक्का मदतमा १०८ रन बनाए। ७२ रनमा ४ विकेट गुमाएको नेपालको इनिङ्सलाई कुशलले आक्रमक ब्याटिङ गर्दै माथि उकासेका थिए।

    दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए। सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे। सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए। करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए।

    ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए।

    प्रतिकृया दिनुहोस्

    खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ...

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१

    कुवेत– नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो ३१ मे २०२४ शूक्रबार...

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal