News Portal

  • किरात कोयी/कोयु राई सोदेलकिम ऐतिहासिक दोस्रो वार्षिक साधारण सभा सम्पन्न (फोटो फिचर)

    “हङकङद्वारा ह’बूल, चुई’खा सुम्दि’खा संरक्षणका लागि सहयोग!”

    हिमालीसंचार संवाददाता
    १२६६ पटक

    सन्जिब कोयी/धरान – “विश्वभर छरिएर रहेका सम्पूर्ण किरात कोयी/कोयु राईहरु एकबद्ध हौं! आफ्ना भाषा, संस्कार, सस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं” भन्ने मुल नारा सहित गत बैशाख ३ र ४ गते किरात कोयी राईहरुको उद्गम थलो श्री सूर्य माध्यमिक विधालयको प्रांगण सुङदेलमा सम्पन्न गरिएको छ।

    किरात कोयी/कोयु राई सोदेलकिम केन्द्रिय कार्य समितिको दोस्रो साधारण-सभा खोटाङको केपिलासगढी गाउपालिका सुङदेल-७, सुङदेलटार स्थित श्री सूर्य माध्यमिक विधालयमा सम्पन्न भएको हो। आयोजित साधारण-सभामा कोयी/कोयु राई समुदायका लागि किरात राई सोदेल कोयी/कोयु किम हङकङको आर्थिक सहयोगमा नागिऱ्या र सेलेमी कुबी-नक्छोहरुलाई क्रमश झ्याम्टा, धण्टी र फेटा गुथाएर सम्मान गरिएको थियो। त्यस्तै, संस्थालाई आर्थिक, भौतिक र बौदिक सहयोग पुऱ्याउनु हुने महानुभावहरुलाई किरात राई कोयी/कोयु समुदायका प्रतिनिधि, विशिष्ठ व्यक्तित्वहरुलाई समेत फेटा गुथाएर सम्मान गरिएको संस्थाका केन्द्रिय सदस्य लोकराज कोयी राईले हिमालीसंचारडटकमसंग बताए। 

    संस्थाका अध्यक्ष भूपी कोयी राईको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रिय कार्य समितिका उपाध्यक्ष युवराज राई, विशिष्ठ अतिथि पूर्व संविधानसभा सदस्य तथा ०७४ राष्ट्रपति पदका प्रत्यासी लक्ष्मि राई, प्रदेश नं. १ का पूर्व सांसद अर्जुन राई, केपिलासगढी गाउपालिका अध्यक्ष समीर राई रहेका थिए। अतिथिहरुमा केपिलासगढी गाउपालिका वडा नं. ६ का वडध्यक्ष गोपाल राई, वडा नं. ७ सुङदेलका वडाध्यक्ष तेजकुमार राई, किरात राई सोदेल कोयी/कोयु किम हङकङका प्रतिनिधि लक्षु कोयु लगायद विभिन्न जिल्लाबाट प्रतिनिधिहरुको करिब ३ सय प्रतिनिधि र पर्यबेक्षकहरुको उपस्थिति रहेको समेत संस्थाका केन्द्रिय सदस्य लोकराज कोयी राईले जानकारी दिए।

    आयोजित सभालाई वरिष्ठ उपाध्यक्ष अमृतकुमार राईले स्वागत मन्तव्य राखेका थिए भने सूर्य माध्यमिक विधालयका छियादु राई, लज्जा राई, अस्मिता राई, करुणा राई र रोजिना राईले नृत्य प्रस्तुत गरेका थिए। संस्थाले आयोजना गरेको साधारण-सभामा सप्तेश्वर, दिप्सुङ, बेहेऱ्या, इलाम, भोजपुर, छिनाम्खु, धनकुटा, बाक्सिला, उदयपुर, मोरङ, झापा, धरान र हङकङका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए।

    आयोजित साधारण सभा स्थलमैं किरात राई सोदेल कोयी/कोयु किम हङकङले ह’बूल एवम् चुई’खा सुम्दि’खा संरक्षण गर्ने हेतुले ३५ आना २ पैसा खरिद गरी केन्द्रिय कार्य समितिको नाममा राजीनामा पास गर्ने प्रतिबद्धता सहित जग्गा खरिद गरिएको बैंनाबट्टाको कागजात केन्द्रिय कार्य समितिलाई हस्तान्तरण गरिएको किरात राई सोदेल कोयी/कोयु किम हङकङका निवर्तमान अध्यक्ष हितबहादुर राई “कोयी” ले हिमालीसंचारडटकमलाई जानकारी दिए। 

    हङकङका निवर्तमान अध्यक्षका अनुसार उद्गम थलो सोदेल-बोदेल किरात राई कोयी/कोयु पुर्खाले उपयोग गरेका पहिलो सुम्दि’खा भएको निर्कर्ष सहित चुई’खा संरक्षण गर्नका लागि २ रोपनी जग्गा प्रतिआनाको ९ हजारका दरले तीन कित्ता जग्गा, प्रत्येक कित्ताको २० हजारका दरले बैना बट्टा गरिएको समेत जानकारी दिए। आयोजित कार्यक्रमलाई संस्थाका महासचिव भीमराज राईले कार्यक्रम संचालन गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असार ३१ गतेको राशिफल

    आज असार ३१, २०८२ (जुलाई १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...