News Portal

किरात कोयी/कोयु राई सोदेलकिम ऐतिहासिक दोस्रो वार्षिक साधारण सभा सम्पन्न (फोटो फिचर)

“हङकङद्वारा ह’बूल, चुई’खा सुम्दि’खा संरक्षणका लागि सहयोग!”

हिमालीसंचार संवाददाता
१४९२ पटक

सन्जिब कोयी/धरान – “विश्वभर छरिएर रहेका सम्पूर्ण किरात कोयी/कोयु राईहरु एकबद्ध हौं! आफ्ना भाषा, संस्कार, सस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं” भन्ने मुल नारा सहित गत बैशाख ३ र ४ गते किरात कोयी राईहरुको उद्गम थलो श्री सूर्य माध्यमिक विधालयको प्रांगण सुङदेलमा सम्पन्न गरिएको छ।

किरात कोयी/कोयु राई सोदेलकिम केन्द्रिय कार्य समितिको दोस्रो साधारण-सभा खोटाङको केपिलासगढी गाउपालिका सुङदेल-७, सुङदेलटार स्थित श्री सूर्य माध्यमिक विधालयमा सम्पन्न भएको हो। आयोजित साधारण-सभामा कोयी/कोयु राई समुदायका लागि किरात राई सोदेल कोयी/कोयु किम हङकङको आर्थिक सहयोगमा नागिऱ्या र सेलेमी कुबी-नक्छोहरुलाई क्रमश झ्याम्टा, धण्टी र फेटा गुथाएर सम्मान गरिएको थियो। त्यस्तै, संस्थालाई आर्थिक, भौतिक र बौदिक सहयोग पुऱ्याउनु हुने महानुभावहरुलाई किरात राई कोयी/कोयु समुदायका प्रतिनिधि, विशिष्ठ व्यक्तित्वहरुलाई समेत फेटा गुथाएर सम्मान गरिएको संस्थाका केन्द्रिय सदस्य लोकराज कोयी राईले हिमालीसंचारडटकमसंग बताए। 

संस्थाका अध्यक्ष भूपी कोयी राईको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रिय कार्य समितिका उपाध्यक्ष युवराज राई, विशिष्ठ अतिथि पूर्व संविधानसभा सदस्य तथा ०७४ राष्ट्रपति पदका प्रत्यासी लक्ष्मि राई, प्रदेश नं. १ का पूर्व सांसद अर्जुन राई, केपिलासगढी गाउपालिका अध्यक्ष समीर राई रहेका थिए। अतिथिहरुमा केपिलासगढी गाउपालिका वडा नं. ६ का वडध्यक्ष गोपाल राई, वडा नं. ७ सुङदेलका वडाध्यक्ष तेजकुमार राई, किरात राई सोदेल कोयी/कोयु किम हङकङका प्रतिनिधि लक्षु कोयु लगायद विभिन्न जिल्लाबाट प्रतिनिधिहरुको करिब ३ सय प्रतिनिधि र पर्यबेक्षकहरुको उपस्थिति रहेको समेत संस्थाका केन्द्रिय सदस्य लोकराज कोयी राईले जानकारी दिए।

आयोजित सभालाई वरिष्ठ उपाध्यक्ष अमृतकुमार राईले स्वागत मन्तव्य राखेका थिए भने सूर्य माध्यमिक विधालयका छियादु राई, लज्जा राई, अस्मिता राई, करुणा राई र रोजिना राईले नृत्य प्रस्तुत गरेका थिए। संस्थाले आयोजना गरेको साधारण-सभामा सप्तेश्वर, दिप्सुङ, बेहेऱ्या, इलाम, भोजपुर, छिनाम्खु, धनकुटा, बाक्सिला, उदयपुर, मोरङ, झापा, धरान र हङकङका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए।

आयोजित साधारण सभा स्थलमैं किरात राई सोदेल कोयी/कोयु किम हङकङले ह’बूल एवम् चुई’खा सुम्दि’खा संरक्षण गर्ने हेतुले ३५ आना २ पैसा खरिद गरी केन्द्रिय कार्य समितिको नाममा राजीनामा पास गर्ने प्रतिबद्धता सहित जग्गा खरिद गरिएको बैंनाबट्टाको कागजात केन्द्रिय कार्य समितिलाई हस्तान्तरण गरिएको किरात राई सोदेल कोयी/कोयु किम हङकङका निवर्तमान अध्यक्ष हितबहादुर राई “कोयी” ले हिमालीसंचारडटकमलाई जानकारी दिए। 

हङकङका निवर्तमान अध्यक्षका अनुसार उद्गम थलो सोदेल-बोदेल किरात राई कोयी/कोयु पुर्खाले उपयोग गरेका पहिलो सुम्दि’खा भएको निर्कर्ष सहित चुई’खा संरक्षण गर्नका लागि २ रोपनी जग्गा प्रतिआनाको ९ हजारका दरले तीन कित्ता जग्गा, प्रत्येक कित्ताको २० हजारका दरले बैना बट्टा गरिएको समेत जानकारी दिए। आयोजित कार्यक्रमलाई संस्थाका महासचिव भीमराज राईले कार्यक्रम संचालन गरेका थिए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...