News Portal

  • सशस्त्र प्रहरीको मिलेमतोमा भारतीय आईसक्रिम व्यापारी नेपाल प्रवेश

    “सशस्त्र प्रहरीले ५० देखि १ सय रुपैंया लिने गरेको खुलासा!”

    हिमालीसंचार संवाददाता
    १५६ पटक

    रबिन्द्र बराल/मोरङ –  नेपालमा उत्पादन हुने विभिन्न कम्पनीका  आईसक्रिम उद्योगहरुले सिमावर्ती क्षेत्रमा सामान्य रोजिरोटी गर्ने युवाहरुलाई रोजगारी सृजना गरेता पनि सशस्त्र प्रहरीको मिलेमतोमा भारतीय आइसक्रिम व्यापारी नेपाल प्रवेश गर्दा नेपाली व्यापारीहरुले गुनासो गरेका छन्।

    पछिल्लो समयमा सिमाक्षेत्रमा रहेको चोप्राह बोडर, मायाँगञ्ज, नोचा, आमगाछी, बल्डंगा, सिक्टि लगायतका क्षेत्रबाट भारतमा उत्पादन हुने आईसक्रिमहरु लिएर नेपालको रंगेली स्थित संसारी मन्दिर, दर्वेशा, डाईनिया, कर्सिया, आमबाडि, झुर्किया, रामचोक लगायतका स्थानहरुमा भारतबाट अबैध रुपमा नेपाल प्रवेश गरेर सस्तो मुल्यमा आईसक्रिम बिक्रीवितरण गर्दै आएका छन्।  

    स्थानीय साना व्यपारीहरुलाई समस्या परेको छ। सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको लापरबाहीका कारण स्थानीय साना व्यपारीहरु मार्कामा पर्ने गरेको रंगेलीका साना व्यपारी यकुमाद रमानीले बताए । 

    सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको लापरबाहीका कारणले  नेपाल सरकारलाई कर तिरेर नेपालमा उत्पादन गरेर साना व्यपारीहरुले खरिद गरेर सिमाक्षेत्रमा बिक्रीवितरण गर्ने गरेता पनि भारतीय आईसक्रिम व्यपारीहरुले सशस्त्र प्रहरीको मिलेमतोमा नेपाल प्रवेश गरेर सस्तो मुल्यमा आइसक्रिम बिक्रीवितरण गरिरहेका कारण आफूहरुलाई ठुलो समस्या परेको व्यपारीहरु बताउछन् । 

    सशस्त्र प्रहरीहरुले भारतीय व्यपारीहरुसंग एक ठेला बापत ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म लिएर नेपाल पठाउने गरेको रंगेली ७ का आईसक्रिम व्यापारी रामचन्द्र सहनीले बताए। सशस्त्र बिओपि रंगेलीका प्रहरी निरीक्षक सन्देश थापाका अनुसार सो कुराको जानकारी नभएको बताए। तर, आफुले पनि भारतबाट भारतीय आईसक्रिम बिक्रीका लागि नेपाल आएको स्वीकार गरेका छन । 

    नेपालमा उत्पादित आईसक्रिम बिक्रेताहरुलाई समस्या परेको   भारतबाट सिमाक्षेत्रमा हुदै नेपाल भित्रिने क्रममा सिमाक्षेत्रमा  सुरक्षाका लागि खटाएको सशस्त्र प्रहरीलाई भारतका आईक्रिम व्यापारीहरुले प्रत्येक दिन नेपाल भित्रिने क्रममा सुरक्षामा खटिएका प्रहरीलाई १ सय रुपैयाँदेखि २ सयसम्म रुपैयाँ दिएर आउने गरेको एक भारतीय व्यपारीले हिमालीसंचारडटकमसंग बताए । 

    भारतीय आईसक्रिम उत्पादन गर्ने एक व्यापारीका अनुसार आफुहरुले सिमाक्षेत्रमा टेन्डर प्रक्रियाबाट भारतीय ठेलाहरुलाई नेपाल पठाउने गरेको समेत बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असार ३१ गतेको राशिफल

    आज असार ३१, २०८२ (जुलाई १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...