News Portal

  • किरात गणराज्य यलखाम संघर्ष समितिका युवा नेता भद्रगोल किराती रिहाई

    हिमालीसंचार संवाददाता
    १२८ पटक

    काठमाडौं ​- कोशी प्रदेश खारेजको माग सहित पहिचानको आधारमा प्रदेशको पुनः नामकरणको अभियानमा रहेका किरात गणराज्य यलखम संघर्ष समितिका युवा नेता भद्रगोल किराती दुई दिनपछि रिहाई भएका छन्।

    सोलुखुम्बुबाट निर्वाचित प्रदेश नं. १ का वर्तमान मन्त्री समेत रहेका बुद्धिकुमार राजभण्डारीको उजुरीमा युवा नेता किराती दुई दिन अगाडी आफ्नै निबासबाट पक्राउ परेका थिए। युवा नेता किरातीले सामाजिक संजाल फेसबुक मार्फत उक्त कुरो जानकारी गराएका हुन्।

    उनले लेखेका छन् “प्रदेश एकका मन्त्री बुद्धि कुमार राजभण्डारीको उजुरीमा हिजो म पक्राउ परेपछी मेरो परिवार, आफन्तजन, देश र बिदेशबाट चिन्ता व्यक्त गर्नुहुने समस्त कोशी प्रदेश नाम खारेजका लागी आन्दोलित सबैमा आभार धन्यवाद व्यक्त गर्दछु। हिरासतमा दुई छाक खाना हिक्मत कार्की र बुद्धिकुमारको नाममा छाक बारेको जानकारी पनि गराउछु। साथै रिहाईका लागि पहल गर्नुहुने सबैमा आभार, आगामी आन्दोलनमा दुई गुना उत्साहका साथ लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु।” 

    युवा नेता किराती “किरात गणराज्य यलखाम संघर्ष समिति, किरात राई यायोख्खा लगायत प्रदेश नं. १ पहिचानको आधारमा प्रदेशको  पुनः नामङकण संघर्ष समिति”को संयुक्त​ दवाफपछि किराती रिहाई भ​एका हुन​।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...