News Portal

रंगेली विराटनगर सडक खण्ड सम्पन्न नहुदा सर्वसाधरणलाई सास्ति, धुलाम्य सडकमा हिड्न बाध्य

हिमालीसंचार संवाददाता
३१८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली विराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँपालिका-४ स्थित मंगलबारेदेखि  विराटनगरसम्मको सडक धुलाम्य हुदा सर्वसाधारणहरुले सास्ति भोग्न बाध्य रहेका छन ।

उक्त सडक खण्डमा सडक निर्माणकार्यमा ठेक्केदार कम्पनीको लापरबाहीका कारण सडक धुलाम्य हुनुका साथै सडक समेत खाल्डाखुल्डी भएपछि दैनिक सो सडकमा आवतजावत गर्ने सर्वसाधारणहरुले जोखिम मोलेर आवतजावत गर्ने बाध्य रहेका छन । 

बिगतका दिनहरुमा रंगेलीदेखि विराटनगरसम्म पुग्नका लागि ३० मिनेटमा पुगिने भएता पनि अहिले विराटनगरसम्म पुग्नका लागि डेर धण्टासम्म लाग्ने गरेको स्थानीय बाल कृष्ण उप्रेतीले हिमालीसंचारडटकमसंग बताए। विराटनगर पुगेर घर फर्कदा घुलोका कारण बिरामी समेत पर्ने गरेको र सवारी साधन समेत बिग्रिने गरेको उप्रेतीले बताए ।  

रंगेली विराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँपालिका मंगलबारेदेखि विराटनगरसम्मको १६ किलोमिटर सडक निर्माणकार्य शुरु भएको ३ बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न नगरेको हो। ठेक्कदार कम्पनीको बेवास्ताका कारण दैनिक सडका यात्रा गर्ने यात्रुहरुले ज्यान जोखिमा राखेर हिड्न बाध्य भएका छन्। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाक राजमार्ग निर्देशनालयले उक्त सडक निर्माणकार्यका लागि पीएस गजुरमुखिमोतिदान जेवीलाई  २०७६ कार्तिक २४ गते सम्झौता गरेर २०७९ कार्तिकसम्म निर्माणकार्य सम्पन्न गर्ने समय अबधि ३६ महिनाको दिएता पनि अहिलेसम्म पनि सडको काम सम्पन्न नहुदा सर्वसाधारणहरुले सास्ति भोग्न बाध्य रहेका छन ।   

हुलाकी राजमार्ग अन्तर्गतको रंगेली नगरपालिकाको-७ किलोमिटर कालिका कन्ट्रक्सनले ठेक्का समय भन्दा १ बर्ष अगाडि नै निमार्ण कार्य सम्पन्न गरेको भएता पनि मंगलबारदेखि विराटनगरसम्मको १६ किलोमिटर सडक अहिलेसम्म निर्माणकार्य सम्पन्न हुन सकेको छैन । 

धनपालथान गाउँपालिकाको मंगलबारेदेखि जुडिपुल सम्मको सडक निर्माणकार्यका लागि पीएस गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ । त्यस्तै जुडि पुलदेखि विराटनगरसम्मको हाटखोलासम्मको सडक निर्माणकार्य गर्ने श्रेष्ठ कन्सट्रक्सन कम्पन्नी हेटौडाले जिम्मेवारी पारेको हो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...