News Portal

  • किरात राई बान्तावा नुमिहाङ समाजको तेश्रो राष्ट्रिय भेला तथा अधिवेशन सम्पन्न अध्यक्षमा नेत्र नुमिहाङ राई चयन

    हिमालीसंचार संवाददाता
    ३८० पटक

    धरान – किरात राई बान्तावा नुमिहाङ समाजको तेश्रो राष्ट्रिय भेला तथा अधिवेशन बृहत रुपमा सम्पन्न गरिएको छ। समाजको अध्यक्षमा नेत्र नुमिहाङ राई सर्वसम्मत चयन भएका छन्।

    आयोजित कार्यक्रम राजकुमार नुमिहाङ बान्तावा राईको अध्यक्षता तथा किरात राई बान्तावा खिमका केन्द्रिय अध्यक्ष ज्ञान किराती काम्दुङ राईको प्रमुख आथित्यामा कार्यक्रम सम्पन्न भएको थियो। 

    आयोजित कार्यक्रममा प्रमुख अतिथिद्वारा संघीयताको बिषयमा समेत प्रष्ट पार्नुका साथै अहिलेको कोशी प्रदेश खारेज गरि पहिचानको आधारमा १ नम्बर प्रदेशको नामाङ्कन हुनु पर्ने र भौगोलिक रूपमा पिछडिएका विभिन्न भाषा, संस्कृतिमा उत्पीडनमा पारिएकोहरुको लागि पहिचान सहितको संघीयता आवश्यक परेको धारणा राखेका थिए। 

    अधिवेशनले अध्यक्ष नेत्र नुमिहाङ बान्तावा राई, उपाध्यक्ष लाल बहादुर नुमिहाङ बान्तावा राई, सचिव राज नुमिहाङ बान्तावा राई, सहसचिव सरण नुमिहाङ बान्तावा राई, कोषाध्यक्ष मेलिना लिम्बू राई, सहकोषाध्यक्ष शुशिला राई, सदस्यहरुमा ईन्द्र नुमिहाङ बान्तावा राई, रामप्रसाद नुमिहाङ बान्तावा राई, जितेन्द्र नुमिहाङ बान्तावा राई, धन निमुहाङ बान्तावा राई र चेतमान नुमिहाङ बान्तावा राईको ११ सदस्यीय मुलकार्य समिति चयन गरिएको समाजले जनाएको छ। समाजको अधिवेशन सुनसरी जिल्ला रामधुनिको बोटे सिम्सारमा सम्पन्न भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...