News Portal

किरात राई बान्तावा नुमिहाङ समाजको तेश्रो राष्ट्रिय भेला तथा अधिवेशन सम्पन्न अध्यक्षमा नेत्र नुमिहाङ राई चयन

हिमालीसंचार संवाददाता
४३५ पटक

धरान – किरात राई बान्तावा नुमिहाङ समाजको तेश्रो राष्ट्रिय भेला तथा अधिवेशन बृहत रुपमा सम्पन्न गरिएको छ। समाजको अध्यक्षमा नेत्र नुमिहाङ राई सर्वसम्मत चयन भएका छन्।

आयोजित कार्यक्रम राजकुमार नुमिहाङ बान्तावा राईको अध्यक्षता तथा किरात राई बान्तावा खिमका केन्द्रिय अध्यक्ष ज्ञान किराती काम्दुङ राईको प्रमुख आथित्यामा कार्यक्रम सम्पन्न भएको थियो। 

आयोजित कार्यक्रममा प्रमुख अतिथिद्वारा संघीयताको बिषयमा समेत प्रष्ट पार्नुका साथै अहिलेको कोशी प्रदेश खारेज गरि पहिचानको आधारमा १ नम्बर प्रदेशको नामाङ्कन हुनु पर्ने र भौगोलिक रूपमा पिछडिएका विभिन्न भाषा, संस्कृतिमा उत्पीडनमा पारिएकोहरुको लागि पहिचान सहितको संघीयता आवश्यक परेको धारणा राखेका थिए। 

अधिवेशनले अध्यक्ष नेत्र नुमिहाङ बान्तावा राई, उपाध्यक्ष लाल बहादुर नुमिहाङ बान्तावा राई, सचिव राज नुमिहाङ बान्तावा राई, सहसचिव सरण नुमिहाङ बान्तावा राई, कोषाध्यक्ष मेलिना लिम्बू राई, सहकोषाध्यक्ष शुशिला राई, सदस्यहरुमा ईन्द्र नुमिहाङ बान्तावा राई, रामप्रसाद नुमिहाङ बान्तावा राई, जितेन्द्र नुमिहाङ बान्तावा राई, धन निमुहाङ बान्तावा राई र चेतमान नुमिहाङ बान्तावा राईको ११ सदस्यीय मुलकार्य समिति चयन गरिएको समाजले जनाएको छ। समाजको अधिवेशन सुनसरी जिल्ला रामधुनिको बोटे सिम्सारमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...