News Portal

धरानमा बैशाख ९ गतेदेखि बास्केटबल ट्यालेन्ट हन्ट क्याम्प हुदै

विकास चाम्लिङ राई
५४३ पटक

विकास चाम्लिङ राई/धरान – धरान बास्केटबल संघको आयोजनामा आगामी बैशाख ९ गतेदेखि ८औं बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प हुने भएको छ ।

भर्खरै एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुक खेलाडीहरुलाई लक्षित गरि ट्यालेन्ट हन्टको आयोजना गर्न लागिएको हो । संघले बिगत लामो समयदेखि हरेक बर्ष ट्यालेन्ट हन्टको आयोजना गर्दै आइरहेको छ । 

सुनसरी बास्केटबल संघ र धरान उपमहानगरपालिकाको विशेष सहयोगमा सम्पन्न हुन लागेको ट्यालेन्ट हन्ट खेल करिब तीन हप्तासम्म चल्नेछ। ट्रेनिङ क्याम्पका उत्कृष्ट खेलाडी बिद्यार्थीहरुलाई धरानका विभिन्न कलेजमा संघले छात्रवृत्तिका लागि सिफारिस समेत गर्ने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिले हिमालीसंचारडटकमसंग बताए ।

ट्यालेन्ट हन्ट कार्यक्रम धरान-१६ स्थित रहेको धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न हुने समेत आयोजकले जानकारी दिए । ट्रेनिङ क्याम्पमा एसइइ दिएका बिद्यार्थी संगै बास्केटबल खेल सिक्न इच्छुक खेलाडीहरुले सहभागिता जनाउन सक्ने छन् । प्रशिक्षण समय बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टाको रहनेछ । 

बास्केटबल खेलाडी उत्पादन, विकास र प्रबर्द्धनका लागि विभिन्न प्रतियोगिता आयोजना, ब्यावस्थापन, ट्यालेन्ट हन्ट र समर क्याम्प जस्ता कार्यक्रमको आयोजना संघले गर्दै आइरहेको अध्यक्ष सुबेदिले जनाए । 

ट्यालेन्ट हन्टमा सहभागिहरुलाई राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई र उनका सहयोगीहरु प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, युगल लिम्बू, रोशन राई, राष्ट्रिय महिला खेलाडी डा. आशा राई लगायतले प्रशिक्षण दिने छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...