News Portal

मोरङको रंगेली नगरमा राजवंशी समुदायले मनाए कद सिरुवा पर्व

हिमालीसंचार संवाददाता
२८० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा राजवंशी समाज विकास समितिले नयाँ बर्षको उपलक्षमा रंगेली नगरपालिका-८ स्थित दर्वेशा चोकमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

०७९ साललाई बिदाइ गर्दे नयाँ बर्ष २०८० साललाई स्वागत गर्दे राजवंशी समुदायले विशेष दिनको रुपमा सिरुवा पर्व मनाउँदै आईरहेका छन्। कार्यक्रममा राजवंशी समुदायले आफ्नो पहिचान गर्ने उदेश्यले हरेक बर्ष सिरुवा पर्वको उपलक्षमा विविध कार्यक्रमको आयोजना गर्दे आईरहेको छ । 

उनीहरुले चैत्र ३० गते विभिन्न प्रकारका मिष्ठान्न पकुवानहरु पकाएर सोहि दिन खाने र उक्त परिकार पुनः बैशाख १ गते खाने प्रचलन रहेको छ। त्यसैगरी बैशखा १ गते काद सिरुवा, २ गते सिरुवा र ३ गतेदेखि मोरङको सिमाक्षेत्रमा रहेको विभिन्न थानहरुमा विशेष पुजा पाठ गर्नुका साथै मेला समेत लाग्ने गरेको छ । 

आयोजित कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, विशिष्ठ अतिथि उपमेयर भुमा पराजुली, राजवंशी समाज विकासका केन्द्रीय उपाध्यक्ष बद्री नारायण राजवंशी, केन्द्रीय महासचिव राज कुमार राजवंशी, वडाध्यक्ष टंक आचार्य, सुजित मण्डल, बुद्धिजीवी सुकलाल राजवंशी समाजसेवी धनीलाल राजवंशी, मोरङ जिल्ला अध्यक्ष रमेशकुमार राजवंशी, केन्द्रीय सदस्य अनील राजवंशी, जिल्ला सचिव अमृत राजवंशी, स्थानीय कमल राजवंशी लागयतको समेत सहभागिता रहेको थियो । 

आयोजित कार्यक्रममा सहभागीहरुलाई राजवंशी गीतमा नृत्य देखाएर मनोरञ्जन समेत गराएका थिए । अतिथिहरुले राजवंशी समुदायको पर्व लोप हुदै गएको र नयाँ युवा पुस्ताले सिरुवा पर्वको महत्व नबुझेर लोप हुने अवस्थामा रहेको बक्ताहरु बताए। राजवंशी समुदायका युवा, युवतीहरुले तराईमा लाग्ने मेलामा केटा र केटीहरुले विवाहका लागि हेर्ने र मन पराएमा केटी पक्षको घरमा गएर विवाहको कुरा समेत अगाडि बढाउने प्रचलन रहेको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...