News Portal

  • मोरङको रंगेली नगरमा राजवंशी समुदायले मनाए कद सिरुवा पर्व

    हिमालीसंचार संवाददाता
    २१२ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा राजवंशी समाज विकास समितिले नयाँ बर्षको उपलक्षमा रंगेली नगरपालिका-८ स्थित दर्वेशा चोकमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

    ०७९ साललाई बिदाइ गर्दे नयाँ बर्ष २०८० साललाई स्वागत गर्दे राजवंशी समुदायले विशेष दिनको रुपमा सिरुवा पर्व मनाउँदै आईरहेका छन्। कार्यक्रममा राजवंशी समुदायले आफ्नो पहिचान गर्ने उदेश्यले हरेक बर्ष सिरुवा पर्वको उपलक्षमा विविध कार्यक्रमको आयोजना गर्दे आईरहेको छ । 

    उनीहरुले चैत्र ३० गते विभिन्न प्रकारका मिष्ठान्न पकुवानहरु पकाएर सोहि दिन खाने र उक्त परिकार पुनः बैशाख १ गते खाने प्रचलन रहेको छ। त्यसैगरी बैशखा १ गते काद सिरुवा, २ गते सिरुवा र ३ गतेदेखि मोरङको सिमाक्षेत्रमा रहेको विभिन्न थानहरुमा विशेष पुजा पाठ गर्नुका साथै मेला समेत लाग्ने गरेको छ । 

    आयोजित कार्यक्रमको प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, विशिष्ठ अतिथि उपमेयर भुमा पराजुली, राजवंशी समाज विकासका केन्द्रीय उपाध्यक्ष बद्री नारायण राजवंशी, केन्द्रीय महासचिव राज कुमार राजवंशी, वडाध्यक्ष टंक आचार्य, सुजित मण्डल, बुद्धिजीवी सुकलाल राजवंशी समाजसेवी धनीलाल राजवंशी, मोरङ जिल्ला अध्यक्ष रमेशकुमार राजवंशी, केन्द्रीय सदस्य अनील राजवंशी, जिल्ला सचिव अमृत राजवंशी, स्थानीय कमल राजवंशी लागयतको समेत सहभागिता रहेको थियो । 

    आयोजित कार्यक्रममा सहभागीहरुलाई राजवंशी गीतमा नृत्य देखाएर मनोरञ्जन समेत गराएका थिए । अतिथिहरुले राजवंशी समुदायको पर्व लोप हुदै गएको र नयाँ युवा पुस्ताले सिरुवा पर्वको महत्व नबुझेर लोप हुने अवस्थामा रहेको बक्ताहरु बताए। राजवंशी समुदायका युवा, युवतीहरुले तराईमा लाग्ने मेलामा केटा र केटीहरुले विवाहका लागि हेर्ने र मन पराएमा केटी पक्षको घरमा गएर विवाहको कुरा समेत अगाडि बढाउने प्रचलन रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...