News Portal

मोरङको रतुवामाई नगरपालिका स्थित सुनवर्षी महाराजको ग्रामथानमा पुजा अर्चना

हिमालीसंचार संवाददाता
२४९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका-५ स्थित   सुनवर्षी पोखरीमा प्रत्येक बर्षको बैशाख १ गते नयाँ वर्षको दिन  बर्षदेखि मेला तथा विशेष पुजाआजा सम्पन्न गरिएको छ।

सुनवर्षी थान मन्दिरमा विशेष पुजाआजाको साथसाथै मेला समेत उल्लेख्यहरुको सहभागिता रहेको थियो। यस बर्षभने मेलामा मन्दिरमा पुजापाठ गर्ने भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रत्येक बर्ष बैशाख १ गतेका दिन तराईका विभिन्न देविदेउताहरुको बासस्थान रहेको ठाउँमा  झकिझकाउ राम्रो बनाएर सुनवर्षी महारज थानमा विशेष गरेर आफ्नो मनोकामना पूरा भएपछि माटोको हात्ती, कागजबाट बनाइएको फुलघोडा बडिमात्रामा चडाउने प्रचलन समेत रहेको छ। 

तराईमा बसोबास गर्ने आदिवासी ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवताको रुपमा  सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पुजा गर्ने गर्दछन ।  

सुनवर्षीबाट वैशाखभरि मोरङको दक्षिणी भेगमा विभिन्न थानमा मेला आयोजना हुने प्रचलन रहेको छ ।  उक्त मेलामा पूर्वी तराईको झापा, मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन् । सुनवर्षी महारजाको ग्राम पूजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको  समितिका वडाध्यक्ष कुमार बुडाथोकीले हिमालीसंचारडटकमसंग बताए ।  

विगत ५० वर्षअगाडिदेखि उक्त स्थानमा रहेको पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको पाईन्छ ।  तीन विघा १२ कठ्ठा क्षेत्रफलमा रहेको सुनवर्षी महाराजको ग्रामथान रहेको छ। 

सुनवर्षीमहाराज ग्रामथान संरक्षण समितिका अध्यक्ष बुढाथोकीले भने यो ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको बताउँदै यसको संरक्षण र विकास नै हाम्रो चासो हो।’’ उनले सुनवर्षीमा वर्षैभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण स्थानीय रुपमा बनाउने प्रयास थालिएको बताए। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...