News Portal

  • धरानका नीजि विधालयहरुलाई एउटै पसलबाट शैक्षिक सामाग्री तथा पोशाक खरिद बाध्य नपार्न मेयरको निर्देशन

    “निर्देशनको उल्लंघन गर्ने शैक्षिक संस्थालाई कारबाही गर्ने चेतावनी!”

    हिमालीसंचार संवाददाता
    ३२३ पटक

    धरान – धरान उपमहानगरपालिका धरानभित्रका नीजि विधालयहरुलाई शैक्षिक सामाग्री तथा पोशाक एउटै पसलबाट मात्र अभिभावक तथा विधार्थीहरुलाई खरिद गर्न बाध्य नपार्न मेयर साम्पाङले निर्देशन दिएका छन्।

    मेयर साम्पाङले शैक्षिक सत्र ०८० शुरु हुन लागेको अबस्थामा नगरभित्र सञ्चालित नीजि विधालयहरुलाई यस्तो निर्देशन दिएका हुन्। विधार्थीहरुले प्रयोग गर्ने पोशाक, शैक्षिक सामाग्रीहरु र व्यागहरु कुनै निश्चित पसलबाट अभिभावक तथा विधार्थीहरुलाई खरिद गर्न बाध्य नपार्न नगरभित्रका शैक्षिक संस्थाहरुलाई निर्देशन गरेका हुन्। 

    मेयर साम्पाङले नागरिकहरुले स्वतन्त्र रुपमा आफुले चाहेको पसलहरुबाट खरिद गर्न बञ्चित गराएको भन्ने जनगुनासो साथै अभिभावक संघ नेपालबाट सो विषयमा उपमहानगरपालिकालाई स्मरण-पत्र समेत बुझाएकाले शैक्षिक सामाग्री खरिद गर्ने सम्बन्धमा पोशक र पुस्तक आदिको विवरण उपलब्ध गराउने अभिभावक तथा विधार्थीहरुले आफुले चाहेको पसलबाट खरिद गर्न सक्ने व्यवस्था गर्न साथै विधालयले लिने शुल्क समेत आफु खुशी बृद्धि नगर्न नीजि विधालयहरुलाई निर्देशन दिएका हुन्। 

    मेयर साम्पाङले दिएको निर्देशन कतैबाट सो सम्बन्धमा जनगुनासो आएमा वा अनुगमनका क्रममा कुनै विधालयले निर्देशनको उल्लंघन गरेको पाइएमा कानून अनुसार कारबाही हुने कडा निर्देशन दिएका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...