News Portal

धरानका नीजि विधालयहरुलाई एउटै पसलबाट शैक्षिक सामाग्री तथा पोशाक खरिद बाध्य नपार्न मेयरको निर्देशन

“निर्देशनको उल्लंघन गर्ने शैक्षिक संस्थालाई कारबाही गर्ने चेतावनी!”

हिमालीसंचार संवाददाता
३७२ पटक

धरान – धरान उपमहानगरपालिका धरानभित्रका नीजि विधालयहरुलाई शैक्षिक सामाग्री तथा पोशाक एउटै पसलबाट मात्र अभिभावक तथा विधार्थीहरुलाई खरिद गर्न बाध्य नपार्न मेयर साम्पाङले निर्देशन दिएका छन्।

मेयर साम्पाङले शैक्षिक सत्र ०८० शुरु हुन लागेको अबस्थामा नगरभित्र सञ्चालित नीजि विधालयहरुलाई यस्तो निर्देशन दिएका हुन्। विधार्थीहरुले प्रयोग गर्ने पोशाक, शैक्षिक सामाग्रीहरु र व्यागहरु कुनै निश्चित पसलबाट अभिभावक तथा विधार्थीहरुलाई खरिद गर्न बाध्य नपार्न नगरभित्रका शैक्षिक संस्थाहरुलाई निर्देशन गरेका हुन्। 

मेयर साम्पाङले नागरिकहरुले स्वतन्त्र रुपमा आफुले चाहेको पसलहरुबाट खरिद गर्न बञ्चित गराएको भन्ने जनगुनासो साथै अभिभावक संघ नेपालबाट सो विषयमा उपमहानगरपालिकालाई स्मरण-पत्र समेत बुझाएकाले शैक्षिक सामाग्री खरिद गर्ने सम्बन्धमा पोशक र पुस्तक आदिको विवरण उपलब्ध गराउने अभिभावक तथा विधार्थीहरुले आफुले चाहेको पसलबाट खरिद गर्न सक्ने व्यवस्था गर्न साथै विधालयले लिने शुल्क समेत आफु खुशी बृद्धि नगर्न नीजि विधालयहरुलाई निर्देशन दिएका हुन्। 

मेयर साम्पाङले दिएको निर्देशन कतैबाट सो सम्बन्धमा जनगुनासो आएमा वा अनुगमनका क्रममा कुनै विधालयले निर्देशनको उल्लंघन गरेको पाइएमा कानून अनुसार कारबाही हुने कडा निर्देशन दिएका छन्। 

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...