News Portal

धरानको नेशनल एकेडेमीको वार्षिक समारोह सम्पन्न, सहुलित दरमा भर्ना शुल्क निर्धारण

हिमालीसंचार संवाददाता
२२६ पटक

धरान – धरान-२ स्थित नेशनल एकेडेमीले आइतबार आफ्नो वार्षिक समारोह भव्यताका साथमा सम्पन्न गरेको छ ।

विद्यालयमा आयोजित बार्षिक समारोहमा विद्यार्थीहरुले विभिन्न प्रस्तुति दिएका थिए। शैक्षिक वर्ष ०७९ मा आयोजित खेलकूद सप्ताहका विभिन्न खेलमा विजेता खेलाडी विद्यार्थीहरुलाई  पुरस्कार वितरण समेत गरिएको थियो ।

खेलकूद सप्ताह अन्तर्गत मन्टेश्वरी तहका विद्यार्थीहरुलाई म्युजिकल चेयर, इन आउट, चकलेट रेस, इलेमेन्टरी तहका विद्यार्थीहरुलाई रिले रेस, हाजिरी जवाफ, स्पेलिङ, चित्रकला, भ्यागुता उफ्राइ र सेकेन्डरी तहका विद्यार्थीहरुलाई फुटबल, भलिबल र ब्याडमिन्टन प्रतियोगित आयोजना गरिएको थियो ।

आयोजित वार्षिक समारोहमा यस शैक्षिक वर्ष मन्टेसरी तहबाट सर्वोत्कृष्ट घोषित विद्यार्थी ओसन राई, इलेमेन्टरीबाट सर्वोत्कृष्ट गुन्जन लिम्बु र सेकन्डरी तहबाट सर्वोत्कृष्ट शिभम झा पुरस्कृत भएका थिए। शैक्षिक वर्षमा विद्यार्थीहरु मध्ये सबैभन्दा बढि अंक ल्याई विधालय प्रथम हुने कक्षा ४ की गुन्जन लिम्बुलाई समेत पुरस्कृत गरिएको थियो ।

विद्यालयले प्रत्येक वर्ष अभिभावकहरु मध्येबाट उत्कृष्ट एक अभिभावकलाई गार्जेन अफ द इयर अवार्डबाट सम्मानित गर्दै आएको छ । यसवर्ष सो अवार्ड कक्षा-४ की विद्यार्थी लिच्छविहाङ राईका अभिभावक आरती राईलाई प्रदान गरिएको थियो ।

त्यस्तै, विद्यालयको टिचर अफ द इयर अवार्ड भाइस प्रिन्सिपल समेत रहेकी ममता लिम्बु र स्टाफ अफ द इयरको अवार्ड एकाउन्टेन्ट मन्जु लिम्बुलाई प्रदान गरियो। सो अवसरमा विद्यालयमा डान्स, मोडलिङ र उसुमा नियमित स्रोत व्यक्तिको रुपमा कार्यरत क्रमशः मनिषा लिम्बु, मेरिना तुम्सा लिम्बु र रोहित लिम्बुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

नेशनल एकेडेमी प्रदेश नं. १ कै एकमात्र र पहिलो आइएसओ प्रमाण चिन्ह प्राप्त शिक्षण संस्था भएको विधालयले जनाएको छ। यस विधालयमा आफ्ना विद्यार्थीहरुको पठनपाठन नयाँ र फरक ढंगले गर्ने गरिएको छ । विद्यार्थीहरुलाई पुस्तकको ज्ञान विभिन्न व्यवहारिक गतिविधिहरु मार्फत दिइने शैली अवलम्बन गरिएको प्रिन्सिपल श्रीशीशा राईले हिमालीसंचारडटकमसंग बताए । यस बर्षको शैक्षिक वर्ष २०८० का लागि नया भर्ना शुरु भइसकेको र सहुलियत दरमा भर्ना शुल्क निर्धारण गरिएको जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...