News Portal

  • धरानको नेशनल एकेडेमीको वार्षिक समारोह सम्पन्न, सहुलित दरमा भर्ना शुल्क निर्धारण

    हिमालीसंचार संवाददाता
    १८० पटक

    धरान – धरान-२ स्थित नेशनल एकेडेमीले आइतबार आफ्नो वार्षिक समारोह भव्यताका साथमा सम्पन्न गरेको छ ।

    विद्यालयमा आयोजित बार्षिक समारोहमा विद्यार्थीहरुले विभिन्न प्रस्तुति दिएका थिए। शैक्षिक वर्ष ०७९ मा आयोजित खेलकूद सप्ताहका विभिन्न खेलमा विजेता खेलाडी विद्यार्थीहरुलाई  पुरस्कार वितरण समेत गरिएको थियो ।

    खेलकूद सप्ताह अन्तर्गत मन्टेश्वरी तहका विद्यार्थीहरुलाई म्युजिकल चेयर, इन आउट, चकलेट रेस, इलेमेन्टरी तहका विद्यार्थीहरुलाई रिले रेस, हाजिरी जवाफ, स्पेलिङ, चित्रकला, भ्यागुता उफ्राइ र सेकेन्डरी तहका विद्यार्थीहरुलाई फुटबल, भलिबल र ब्याडमिन्टन प्रतियोगित आयोजना गरिएको थियो ।

    आयोजित वार्षिक समारोहमा यस शैक्षिक वर्ष मन्टेसरी तहबाट सर्वोत्कृष्ट घोषित विद्यार्थी ओसन राई, इलेमेन्टरीबाट सर्वोत्कृष्ट गुन्जन लिम्बु र सेकन्डरी तहबाट सर्वोत्कृष्ट शिभम झा पुरस्कृत भएका थिए। शैक्षिक वर्षमा विद्यार्थीहरु मध्ये सबैभन्दा बढि अंक ल्याई विधालय प्रथम हुने कक्षा ४ की गुन्जन लिम्बुलाई समेत पुरस्कृत गरिएको थियो ।

    विद्यालयले प्रत्येक वर्ष अभिभावकहरु मध्येबाट उत्कृष्ट एक अभिभावकलाई गार्जेन अफ द इयर अवार्डबाट सम्मानित गर्दै आएको छ । यसवर्ष सो अवार्ड कक्षा-४ की विद्यार्थी लिच्छविहाङ राईका अभिभावक आरती राईलाई प्रदान गरिएको थियो ।

    त्यस्तै, विद्यालयको टिचर अफ द इयर अवार्ड भाइस प्रिन्सिपल समेत रहेकी ममता लिम्बु र स्टाफ अफ द इयरको अवार्ड एकाउन्टेन्ट मन्जु लिम्बुलाई प्रदान गरियो। सो अवसरमा विद्यालयमा डान्स, मोडलिङ र उसुमा नियमित स्रोत व्यक्तिको रुपमा कार्यरत क्रमशः मनिषा लिम्बु, मेरिना तुम्सा लिम्बु र रोहित लिम्बुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

    नेशनल एकेडेमी प्रदेश नं. १ कै एकमात्र र पहिलो आइएसओ प्रमाण चिन्ह प्राप्त शिक्षण संस्था भएको विधालयले जनाएको छ। यस विधालयमा आफ्ना विद्यार्थीहरुको पठनपाठन नयाँ र फरक ढंगले गर्ने गरिएको छ । विद्यार्थीहरुलाई पुस्तकको ज्ञान विभिन्न व्यवहारिक गतिविधिहरु मार्फत दिइने शैली अवलम्बन गरिएको प्रिन्सिपल श्रीशीशा राईले हिमालीसंचारडटकमसंग बताए । यस बर्षको शैक्षिक वर्ष २०८० का लागि नया भर्ना शुरु भइसकेको र सहुलियत दरमा भर्ना शुल्क निर्धारण गरिएको जानकारी दिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...