आज : २०२६-०७-०५, आइतबार

मोरङको सुनवर्षी नगरपालिकाले सिलाई कटिङसंगैं उद्धोषण तालिम प्रदान गऱ्यो

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सीमा  “हाम्रो लक्ष्य सीप युक्त जनशक्ति उत्पादन” भन्ने मुल नाराका साथ सुनवर्षी  नगरपालिकाको वडा नम्बर ५ ले विपन्न परिवारमा रहेका  बेरोजगार महिला,  युवाहरूलाई सिलाई कटिङ कम्प्युटर तथा उद्धधोषण तालिम सम्पन्न  गरेको छ ।

सुनवर्षी नगरपालिका वडा नम्बर ५ का ६० जना युवती तथा महिलाहरुलाई सिलाई कटिङ तालिम प्रदान गरिएको थियो। महिलाहरुले आफ्नो सीप सिकेर घरमै बसेर समयको सदुपयोग तथा केही घरपरिवारलाई आर्थिक उपार्जन गर्न सहयोग होस् भन्ने हेतुले सिलाई तथा उद्धोषण तालिम प्रदान गरिएको हो। 

युवाहरुका लागि कम्पुटर तालिम र उद्धधोषण तालिम प्रदान गरेको वडाध्यक्ष योगेश्वरलठाकुरले बताए। सुनवर्षी नगरपालिकाले सीप विकास प्रशिक्षण तथा बिक्री केन्द्रको आयोजनामा तालिम संचालन गरेको हो। सुनवर्षी वडा नं. ५ ले स्थानीय महिलाहरुको सीप मुलक कार्यक्रम ल्याएर आत्मा निर्भर बनाएको र आफुहरुले सीप सिकेर केही गर्ने अवसर प्रदान गरेको भन्दै स्थानीय ४५ बर्षीय सुस्मिता कुमार दासले खुशा व्यक्त गरिन्। 

आयोजित कार्यक्रमको प्रमुख अतिथि मेयर श्याम राजवंशी, उपमेयर मिरादेवी दास, कार्यकारी अधिकृत रुद्र चुडाल, स्थानीय ईन्जिनियर कमलेश्वर ठाकुर, वडासचिव भविन कार्की लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरुलाई तालिमपछि प्रमाणपत्र वितरण समेत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि राजवंशीले सीप सिपसिकेर मात्रै नहुने प्राप्त सिपलाई निरन्तरता दिए मात्र तालिमको सदुपयोग हुने बताए।