News Portal

  • मोरङमा जीवन विकास लधुवित्त वित्तिय संस्थाद्वारा एक दिने साक्षरता कार्यक्रम सम्पन्न गऱ्यो

    हिमालीसंचार संवाददाता
    १४४ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली जीवन विकास लघुवित्त वित्तीय संस्थाद्वारा “आर्थिक समृद्धिको अभियान, वित्तीय साक्षरताको ज्ञान” भन्ने मुल नाराका एक दिने कार्यक्रम सम्पन्न गरिएको छ ।

    मोरङको धनपालथान-४, स्थित सारदा उच्च माध्यमिक बिधालयमा भएको उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमा वडाध्यक्ष श्रीराम चौधरी, गयानन्द सरदार, जीवन विकासका शिवचरण दास, कर्सिया शाखा प्रमुख गायत्री पोख्रेल, स्थानीय बुद्धिजीवी लगायतको सहभागीता रहेको थियो। 

    आयोजित कार्यक्रममा अतिविपन्न दुई परिवार प्रीयंका कुमारी मुखिया र ममता हजामलाई जीवन विकासले १ बर्षका लागि नि:शुल्क पठनपाठन गर्ने जिम्मेवारी समेत लिए। त्यसैगरी विपन्न परिवारका दुई जनालाई उपचार खर्च र शौचालय निर्माण गर्नका लागि नजहि १०/१० हजार रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरिएको थियो । 

    आयोजित कार्यक्रमा रंगेली नगरपालिका र धनपालथान गाउँपालिकामा रहेका जीवन विकासमा आवद्ध रहेका महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।सहभागीहरुलाई अहिले जीवन विकासले गाउँ-घरमा धेरैलाई ऋण प्रवाह गरेर सहयोग गरिरहेको समेत जानकारी गराए। जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कर्सियाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...