News Portal

छुम्माको छैठौं महाधिवेशन सम्पन्न अध्यक्षमा भूपाल जिमी

हिमालीसंचार संवाददाता
२७४ पटक

काठमाडौं- किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचितभएका छन सुनसरीको धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न छुम्माको छैठौं महाधिवेशनबाट जिमी अध्यक्ष निर्वाचित भएका हुन उनले८२ मत प्राप्त गर्दा अध्यक्ष पदाको प्रत्यासी रहेकी अर्का उम्मेद्वर लहरुमायाजिमीले ४४ मत पाइन ।

अन्य पद सर्वसम्मत हुँदा अध्यक्षमा मतदान भएको थियो १ सय २६ मतखसेकोमा बदर मत संख्या शून्य रहेको थियो महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा अन्जना ताम्ली, उपाध्यक्षमा कमन देवान, महिला उपाध्यक्षमा शान्ति देवान, महासचिवमा सोनाम याक्खा चयन भए भनेउपमहासचिवमा भरत याक्खा चयन भए।

त्यस्तै सचिवमा हेमराज जिमी, अनुप देवान र अजय जिमी चयन भए भनेकोषाध्यक्षमा मानबहादुर याक्खा र सहकोषाध्यक्ष विजय सोम्याहाङ चयन भए ।

सदस्यहरुमा क्रमश: झापाबाट इन्द्रबिक्रम देवान, भीममाया देवान र विष्णुकुमारथायुम, सुनसरीबाट धनकुमारी जिमी, देवराज जिमी र भोलामान जिमी,  संखुवासभाबाट कुलबहादुर जिमी, आइतहाङ याक्खा, सीमा सोम्याहाङ, रमेशकुमार जिमी र भोला याक्खा चयन भए ।

त्यस्तै इलामबाट टोमबहादुर याक्खा र इन्दिरा देवान, मोरङबाट आनन्दकुमारीलिंखा,बम देवान र प्रतिबहादुर यक्खा, काठमाडौं उपत्यकाबाट धनबहादुर देवान, देउकृष्ण लिंखा, धनकुटाबाट छत्रबहादुर याक्खा, पशुपति याक्खा, चुर्ण प्रसाद लुम्बा याक्खा, पाँचछरबाट गजेन्द्र देवान चयन भएको निर्वाचन मण्डलका अध्यक्षदुर्गा लिंकाले जानकारी दिए । निर्वाचन मण्डलमा लिलामणि जिमी र सोमायाक्खा सदस्य रहेका थिए ।

निर्वाचित समितिका तर्फबाट अध्यक्ष जिमीले प्रतिवद्धता व्यक्त गरेका थिए भने निर्वाचित समितिलाई प्रत्यासी लहरुमाया र निर्वाचन मण्डल सदस्य एवमसंस्थापक छुम्मा अध्यक्ष लिलामणि जिमीले शुभकामना व्यक्त गरेका थिए ।

शनिबार सम्पन्न खुला सत्रमा ९ औं राष्टृय खेलकुदमा स्वर्ण पदक विजेता विध्याजिमी (भारोत्तोलन), एथलेटिक्सतर्फ ३००० मिटर र १५०० मिटरमा रजत र काश्यविजेता निला जिमी, प्याराग्लाइडिङ राष्टृय प्रशिक्षक देशवीर जिमी, याक्खासमुदायबाट प्रथम पिएचडी डा. गणेश जिमी,  भवन निर्माण समिति संयोजकनेत्रबहादुर याक्खा, सदस्य मानबहादुर याक्खा, टंक याक्खा, छुम्माका प्रमुखसल्लाहकार गणेशबहादुर देवान र स्थानीय तहमा निर्वाचित याक्खा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

लिलबहादुर रोगुको अध्यक्षतामा सम्पन्न महाधिवेशनको खुला सत्र सञ्चालनमहासचिव दिपक याक्खाले गरेका थिए भने स्वागत उपाध्यक्ष लहरुमाया जिमीलेगरेका थिइन।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...