News Portal

केपिलासगढी गाउँपालिकाले कृषकलाई कार्ययोजना सहित १५ दिन भित्र उपस्थित हुन गऱ्यो आग्रह

हिमालीसंचार संवाददाता
३३१ पटक

बाक्सिला – खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्ना पालिका भित्र दर्ता भएका कृषक समुहलाई कार्ययोजना सहित १५ दिन भित्रमा पालिकामा उपस्थित हुन आग्रह गरेका छन्।

गत बुधबार गाउँपालिकाको अध्यक्ष समीर राईको अध्यक्षतामा बसेको बैठकले स्थानीय कृषक समूहका प्रतिनिधिहरुसंगको छलफल तथा अन्तक्रिया कार्यक्रममा अध्यक्ष राईले उक्त प्रस्ताव राखेका थिए। पालिका भित्र ४६ वटा कृषक समूह दर्तामा रहेका छन्। 

बुधबार कृषकहरुसंगको छलफलका क्रममा अध्यक्ष राईले कृषक समूहहरुलाई कृषि उत्पादन वृद्धि साथै आधुनिक कृषि उत्पादनमा जोड दिनका लागि १५ दिनभित्र सबैले आ-आफ्नो कार्ययोजनासहित पालिकामा उपस्थित हुन आग्रह गरेका हुन्। 

कृषकहरुको गुनासो र समस्या समाधानका उपायहरु साथै कृषि क्षेत्रलाई प्राथमिकता दिई पालिका भित्रका कृषि र कृषकहरुलाई उत्पादनमा आत्मनिर्भर बनाउने अभियानमा गाउँपालिकाले लागेको हो। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...