News Portal

नेपाल सरकारले लिम्बुलाई शहिद घोषणा गऱ्यो

कोशी प्रदेश खारेज गर्दै पहिचानको आधारमा पुनःनामाकरण गर्नु पर्ने माग!

हिमालीसंचार संवाददाता
३०२ पटक

रविन्द्र बराल/विराटनगर – नेपाल सरकारले कोशी प्रदेशको नामकरण खारेजको माग सहित भएको प्रदेश नं. १ को राजधानी विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बु (लाजेहाङ)लाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएका लिम्बुलाई सहिद घोषणा गरेको छ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिएका हुन् । मन्त्री किराँतीका अनुसार नेपाल सरकारले उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको जानकारी दिए । तर, अहिले नै ‘कति रकम दिने भन्ने निर्णय भइसकेको छैन,’  मन्त्री किराँतीले भने। 

यसअघि प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो। प्रदेश सरकारको उक्त निर्णय लज्जास्पद निर्णय भएको भन्दै प्रदेश सरकारको आलोचना भएको थियो भने पहिचानवादी आन्दोलनकारीले उक्त रकम अस्वीकार गरेका थिए। थप पहिचानवादीले लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने माग सहित आन्दोलन अधि सारेका थिए । 

प्रदेशको नाम कोशी राखेको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सहभागी लिम्बुलाई प्रहरीको लाठी लागेर शक्त घाइते भएका थिए। लिम्बुको उपचारका क्रममा धरान स्थित प्रतिष्ठानमा चैत १० गते मृत्यु भएको थियो।

आन्दोलनकारीले धरान लगायत विभिन्न नगर, उपमहानगरपालिकाहरुमा तालाबन्दी र कालो झण्डा राखेर विरोध समेत गरेका थिए। पहिचानवादी राजनीतिक धटक, संधसंस्थाहरुले प्रदेशको नामाकरण पहिचानको आधारमा नामाकरण सहितको आफ्नो माग रहेको भन्दै आन्दोलन जारी रहेको बताएका छन्। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...