News Portal

  • सांसद पाण्डेद्धारा रासायनिक मल कारखानाको फाईल प्रधानमन्त्रीलाई हस्तान्तरण

    हिमालीसंचार संवाददाता
    १६० पटक

    काठमाडौं। बागमती प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले सिन्धुलीमा निर्माणाधिन रासायनिक मल कारखानाको फाईल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई हस्तान्तरण गरेका छन्।

    बुधवार सिंहदरवारस्थतीत् प्रधानमन्त्री कार्यालयमै पुगी पाण्डेले उक्त फाईल प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन्। आफु मुख्यमन्त्री रहेका बेला पाण्डेले थाईल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए।

    उद्योग स्थापनाका लागी सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका वडा नं.३ स्थीत् बागमती नदी किनारको ३८६ विघा जग्गासमेत छनोट समेत भैसकेको छ। त्यस्तै प्रदेश सरकारको मन्त्रीपरिषदबाट उक्त विषयमा निर्णय भई औद्योगिक क्षेत्र निर्माणका लागी हाल सम्भाव्यता अध्ययन सम्पन्न भई हाल कारखाना निर्माणकार्य अघी बढिरहेकाले केन्द्र सरकारको तर्फबाट आवश्यक पहल गरिदिन आग्रहसहित प्रधानमन्त्रीसमक्ष फाईल हस्तान्तरण गरेका हुन्।

    प्रधानमन्त्रीलाई फाईल हस्तान्तरण गर्दै पाण्डेले उद्योग स्थापना पस्चात् आगामी दिनमा रासायनिक मलको हाहाकार नहुने भन्दै त्यसका लागी छोटो समयमै उद्योग स्थापना हुने वातावरण मिलाईदिन समेत आग्रह गरे। “अहिलेको अवस्थामा हाम्रो देशमा १० देखि १२ लाख मेट्रिक टन मल चाहिन्छ। त्यसका लागी हामिसंग केही समयअघि थाइल्यान्डको मेहाछाद ईन्टरनेशनल कम्पनीसंग सम्झौतासमेत गरिसकेका छौं। उसले दुई लाख मेट्रिक टन मल उत्पादन गर्ने प्रतिबद्धता पनि जनाईसकेको छ। अव उद्योग स्थापना हुने स्थानको भुमी व्यवस्थापन गर्ने कार्य मन्त्रीपरिषदले गर्नुपर्ने छ, त्यसका लागी प्रधानमन्त्रीज्यूले पहल गर्नका लागी अनुरोध गर्दछु।” प्रचण्डसमक्ष आग्रह गर्दै पाण्डेले भने।

    पाण्डेका अनुसार उद्योग स्थापनाका लागी गत ०७९ पुष ६ गते बागमती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका वडा नं.३ स्थीत् बागमती नदी किनारको ३८६ विघा जग्गासमेत छनोट भैसकेको छ। कारखाना स्थापनाका लागी सम्बन्धीत स्थानिय तह हरिहरपुरगढी गाँउपालिकासंग आवश्यक प्रकृया टुङ्ग्याई सकिएको छ। उद्योग स्थापनाका लागी थाई कम्पनीसंग सम्झौतासमेत भैसकेकाले अव मन्त्रीपरिषदबाट उक्त स्थानको जग्गा लिजमा दिने व्यवस्था मिलाउन पर्नेछ। त्यसका लागी प्रधानमन्त्रीले पहल गर्नुपर्ने उनले बताए।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै अहिले रासायनिक मलको अभाव रहेको तथा सरकारले किसानलाई महंगोमा मल उपलब्ध गर्नु परेकाले कारखाना स्थापना पस्चात् सस्तो मुल्यमै किसानलाई मल उपलव्ध गराउन सकिने उनको भनाई थियो।

    उता सांसद पाण्डेको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद बैठकमा छलफल गरी निर्णय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मुख्यमन्त्री रहेकाबेला् पाण्डे स्वयंले केन्द्र सरकारमा सवै कागजात पेश भैसकेकाले यसअघी नै त्यस विषयमा प्ररम्भिक छलफल भैसकेकाले रासायनिक मल उद्योग स्थापनाका लागि सरकारले प्रकृया अघी बढाईसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले ढुक्क हुन पाण्डेलाई प्रतिबद्धता व्यक्त गरे।

    त्यस्तै यसअघी नै प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा पनि मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा मल कारखाना स्थापनाका लागि एक खर्ब २५ अर्ब लागत अनुमान गरिसकिएको पनि जानकारी दिए।

    दुई लाख मेट्रिक टन मल उत्पादन गर्ने उद्योग मुलुकका प्रत्येक प्रदेशमा स्थापना गरे लागत र ढुवानी खर्चमा पनि कम हुने प्रचण्डले उल्लेख गरे। राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमै अहिले रासायनिक मलको अभाव रहेकाले उद्योग स्थापना पस्चात् सरकारले किसानलाई सस्तोमा अनुदान उपलब्ध गराउन सहज हुने पनि प्रचण्डले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३ गतेको राशिफल

    आज साउन ३, २०८२ (जुलाई १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले...