News Portal

सांसद पाण्डेद्धारा रासायनिक मल कारखानाको फाईल प्रधानमन्त्रीलाई हस्तान्तरण

हिमालीसंचार संवाददाता
२६४ पटक

काठमाडौं। बागमती प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले सिन्धुलीमा निर्माणाधिन रासायनिक मल कारखानाको फाईल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई हस्तान्तरण गरेका छन्।

बुधवार सिंहदरवारस्थतीत् प्रधानमन्त्री कार्यालयमै पुगी पाण्डेले उक्त फाईल प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन्। आफु मुख्यमन्त्री रहेका बेला पाण्डेले थाईल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए।

उद्योग स्थापनाका लागी सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका वडा नं.३ स्थीत् बागमती नदी किनारको ३८६ विघा जग्गासमेत छनोट समेत भैसकेको छ। त्यस्तै प्रदेश सरकारको मन्त्रीपरिषदबाट उक्त विषयमा निर्णय भई औद्योगिक क्षेत्र निर्माणका लागी हाल सम्भाव्यता अध्ययन सम्पन्न भई हाल कारखाना निर्माणकार्य अघी बढिरहेकाले केन्द्र सरकारको तर्फबाट आवश्यक पहल गरिदिन आग्रहसहित प्रधानमन्त्रीसमक्ष फाईल हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्रीलाई फाईल हस्तान्तरण गर्दै पाण्डेले उद्योग स्थापना पस्चात् आगामी दिनमा रासायनिक मलको हाहाकार नहुने भन्दै त्यसका लागी छोटो समयमै उद्योग स्थापना हुने वातावरण मिलाईदिन समेत आग्रह गरे। “अहिलेको अवस्थामा हाम्रो देशमा १० देखि १२ लाख मेट्रिक टन मल चाहिन्छ। त्यसका लागी हामिसंग केही समयअघि थाइल्यान्डको मेहाछाद ईन्टरनेशनल कम्पनीसंग सम्झौतासमेत गरिसकेका छौं। उसले दुई लाख मेट्रिक टन मल उत्पादन गर्ने प्रतिबद्धता पनि जनाईसकेको छ। अव उद्योग स्थापना हुने स्थानको भुमी व्यवस्थापन गर्ने कार्य मन्त्रीपरिषदले गर्नुपर्ने छ, त्यसका लागी प्रधानमन्त्रीज्यूले पहल गर्नका लागी अनुरोध गर्दछु।” प्रचण्डसमक्ष आग्रह गर्दै पाण्डेले भने।

पाण्डेका अनुसार उद्योग स्थापनाका लागी गत ०७९ पुष ६ गते बागमती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका वडा नं.३ स्थीत् बागमती नदी किनारको ३८६ विघा जग्गासमेत छनोट भैसकेको छ। कारखाना स्थापनाका लागी सम्बन्धीत स्थानिय तह हरिहरपुरगढी गाँउपालिकासंग आवश्यक प्रकृया टुङ्ग्याई सकिएको छ। उद्योग स्थापनाका लागी थाई कम्पनीसंग सम्झौतासमेत भैसकेकाले अव मन्त्रीपरिषदबाट उक्त स्थानको जग्गा लिजमा दिने व्यवस्था मिलाउन पर्नेछ। त्यसका लागी प्रधानमन्त्रीले पहल गर्नुपर्ने उनले बताए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै अहिले रासायनिक मलको अभाव रहेको तथा सरकारले किसानलाई महंगोमा मल उपलब्ध गर्नु परेकाले कारखाना स्थापना पस्चात् सस्तो मुल्यमै किसानलाई मल उपलव्ध गराउन सकिने उनको भनाई थियो।

उता सांसद पाण्डेको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले आगामी मन्त्रिपरिषद बैठकमा छलफल गरी निर्णय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मुख्यमन्त्री रहेकाबेला् पाण्डे स्वयंले केन्द्र सरकारमा सवै कागजात पेश भैसकेकाले यसअघी नै त्यस विषयमा प्ररम्भिक छलफल भैसकेकाले रासायनिक मल उद्योग स्थापनाका लागि सरकारले प्रकृया अघी बढाईसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले ढुक्क हुन पाण्डेलाई प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै यसअघी नै प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा पनि मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा मल कारखाना स्थापनाका लागि एक खर्ब २५ अर्ब लागत अनुमान गरिसकिएको पनि जानकारी दिए।

दुई लाख मेट्रिक टन मल उत्पादन गर्ने उद्योग मुलुकका प्रत्येक प्रदेशमा स्थापना गरे लागत र ढुवानी खर्चमा पनि कम हुने प्रचण्डले उल्लेख गरे। राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमै अहिले रासायनिक मलको अभाव रहेकाले उद्योग स्थापना पस्चात् सरकारले किसानलाई सस्तोमा अनुदान उपलब्ध गराउन सहज हुने पनि प्रचण्डले बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...