News Portal

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज गठन

हिमालीसंचार संवाददाता
२५० पटक

कुवेत – हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ नाराका साथ गठन गरिएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरिएको छ। चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा दर्ता भएको समाजले बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य राखेको छ।

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका अध्यक्ष हरि कृष्ण न्यौपाने (कुवेत हाल नेपाल)ले समाज गठनका बारे भने ‘सामुदायिक सोच, सिद्धान्त र भावना अनुसार सामूहिक हित हुने गरी र सिन्धुपाल्चोकका १०३ वटै वार्डसम्म पुगेर विशुद्ध सामाजिक कार्य गर्ने उद्देश्यका साथ हामी एकत्रित भएका हौं। उनले थपे ‘सिन्धुको हरेक दुःख सुखमा हातेमालो गर्न सिन्धुपाल्चोकमा जन्मिएर बिभिन्न अवसरका लागी देश-विदेशमा पुगेका सिन्धुपाल्चोकेलाइ जोड्ने हाम्रो अभियान हो। हुन त यस अघि सिन्धुपाल्चोकका विपत्तिहरु जुरे पहिरो, भुकम्प पछिका राहत अनि पुनर्निमाण, मेलम्ची बाढी देखि बाह्रबिसे–९ राम्चेका रामचन्द्र सुवेदीको छोरा राकेश सुवेदीको उपचार, क्यान्सर रोगसँग लडिरहेकी सुनकोशीकी कान्छी प्राध्यापक डा. उर्मिला प्याकुरेलको उपचारमासमेत बिजनेशमा रहेका सिन्धुपाल्चोकेहरुले अभियान चलाएरै सहयोग गरिरहेका छन। अब यस्ता विपत्तिमा एकताबद्ध भएर अझै सशक्त रुपमा काम गर्ने छौं।‘

तत्कालका लागी सिन्धुपाल्चोकका पर्यटकीय स्थलको जानकारीहरू समेटेर समाजले बि.स. २०८० को क्यालेन्डर प्रकाशन गरि सिन्धुको कलेज अनि क्याम्पसका विद्यार्थीहरूलाई निःशुल्क बितरण गरिने समाजमा महासचिव उत्सव खड्का (दक्षिण कोरीया हाल नेपाल)ले बताए। उनले थपे ‘ भर्खरै संस्था गठन गरेर दर्ता गरेका छौं, त्यसैले विश्वभर छरिएर रहेका सिन्धुपाल्चोकबासीहरुलाइ जोडेर संस्थामा सदस्य बिस्तारलाई प्राथमिकतामा राखेका छौं।’ दक्षिण कोरियामा कार्यरत रहँदानै लामो समय देखी समाज गठनको योजना गरेकोमा हालसम्म नेपाल लगायत ११ देशमा रहेका सिन्धुपाल्चोकेहरु जोडिएका छन्। यहीबाट सिन्धुवासीको हितमा एक भएर काम गर्न चाहनेहरूलाई समाजमा जोडिन आग्रह गर्दछु।’

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको उपाध्यक्षमा माधव पौडेल(कुवेत), सचिबमा हरि दुलाल(यूएइ हाल नेपाल), कोषाध्यक्षमा बिमल गीरी (कतार हाल नेपाल) रहेका छन्। सदस्यहरूमा किर्तिमाया तामाङ (कुवेत हाल नेपाल), प्रेम बहादर भण्डारी(नेपाल), नविन श्रेष्ठ (दक्षिण कोरीया), प्रदिप कार्की (कुवेत) रहेका छन्।

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजमा जोडिनका लागी फोन नं(ह्वाट्सप) ९७७–९८६३४७६१३७, ९८६०३०३९६७, ९७१–५५६३८६८४३, ९६५–६००६१७६५, ईमेल आइडि [email protected] वा सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजको फेसबुक मार्फत सम्पर्क गरी हातेमालो गर्न समाजले सबैलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...