News Portal

हेटौंडामा प्रहरीको गाडी दुर्घटना, दुई वटा मोटरसाइकलमा क्षती

हिमालीसंचार संवाददाता
२४७ पटक

युवा राई/हेटौंडा – हेटौंडाको बुद्धचोकमा बुधबार साँझ प्रहरीको बसले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट बुद्धचोकतर्फ आउँदै गरेको प्रहरीको गाडीले ना ४९ प ११९ र बागमती प्रदेश ०३-००५ प ३०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले प्रहरीकै गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएको बताए । उनीहरुको उपचार भइरहेको प्रवक्ता कार्कीले हिमालीसंचारडटकमसंग बताए। घाइतेको अवस्था सामान्य रहेको उनले जानकारी दिए। 

प्रत्यक्षदर्शीका अनुसार तिब्रगतीमा आएको प्रहरीको गाडीले नियन्त्रण गुमाउँदै मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिने प ०३-००१ झ ०१२३ नम्बरको जिल्ला प्रहरी कार्यालय मकवनपुरको गाडी रहेको बताईएको छ । तर, पुष्टि हुन भने बाँकी रहेको छ ।

प्रहरीको गाडीले दुई वटा मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीय आक्रोसिस भएका थिए। स्थानीयहरुले घटनास्थल र जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी नाराबाजी गर्दै पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका  थिए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...