News Portal

मोरङको रंगेलीमा २ सय ३४ केजी गाँजा सहित ४ जना भारतीय नागरिक र एक जना नेपाली युवा पक्राउ

हिमालीसंचार संवाददाता
३०४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले २ सय ३४ केजी गाँजा सहित ५ जना युवा पक्राउ गरेको छ ।

प्रहरीले रंगेली नगरपालिका वडा नम्वर २ स्थित  चेका खोला नजिकमा रहेको गँहुबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको पैदल यात्री भारत जिल्ला अररिया ठिङ्गापुर पञ्चायत वडा नं. ६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा, जिल्ला अररिया हाँसा पञ्चायत बस्ने ३० बर्षीय सिन्टुक कुमार सिँह, भारत कुटहरा बस्ने २४ वर्षीय प्रविन पासवान र कटापुर बस्ने २४ वर्षीय बिष्णुकान्त मिश्र रंगेली नगरपालिका वडा नम्वर ३ रञ्जनी बस्ने ४६ वर्षीय वीरबहादुर कार्कीलाई रंगेली प्रहरीले पक्राउ गरेको छ। 

उनीहरुको साथबाट लागू औषध गाँजा २ सय ३४ केजी सहित नियन्त्रणमा लिएको र लागू औंषध ओसार पोसार अन्तर्गत मुद्धा दर्ता गरिने इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...