News Portal

ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम विजयी

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौं। ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ।

सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न खेलमा ७ विकेटले पराजित गरेको हो। ऋतुले अविजित २१ रनको योगदान दिनुका साथै विपक्षी टोलीको दुई विकेटसमेत लिइन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेस प्रदेशले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै सवै विकेट गुमाएर ६५ रन बनायो।

सुदूरपश्चिमले ६६ रनको विजयी लक्ष्य १० दशमलव तीन ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। सुदुरपश्चिमको यो लगातार दोस्रो जित हो।

सुदूरपश्चिमका लागि कनौजियाले अविजित २१, रुबी पोदारले अविजित १४ तथा कप्तान विन्दु रावलले १० रनको योगदान दिइन्। बलिङतर्फ मधेसका लागि अनुराधा चौधरी, सरस्वती चौधरी र सन्तोषी चौथरीले १/१ विकेट लिइन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाएका थिए। बलिङतर्फ सुदूरपश्चिमका लागि लक्ष्मी साउदले तीन, ऋतु कनौजिया र सम्झना खड्काले २/२ तथा इश्वरी विष्ट र कविता जोशीले एक एक विकेट लिइन्। जितसँगै सुदुरपश्चिमले तीन खेलबाट ४ अंक जोडेको छ।

सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा छ। मधेस प्रदेश अंकविहीन बन्दै पुछारमा छ। अहिले कीर्तिपुर मैदानमा कोशी प्रदेश र एपीएफ क्लबबीच दोस्रो खेल भइरहेको छ। कोशीले जितका लागि एपीएफ क्लबलाई ८८ रनको लक्ष्य दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...