News Portal

  • धरान मेघाद्वारा बास्केटबल खेलाडीहरुलाई विदाई गऱ्यो

    हिमालीसंचार संवाददाता
    ७९१ पटक

    बिकाश चाम्लिङ राई/धरान – आगामी आइतबारदेखि काठमाडौमा शुरु हुन लागेको एलबिडिए थ्री वाइ थ्री ओपन पुरुष बास्केटबल प्रतियोगिता सहभागी हुन जान लागेका धरान मेघा कलेज बास्केटबल टिमलाई शुक्रवार धरान मेघा कलेजले बिदाई गरेको छ ।

    ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा हुनलागेको बास्केटबल प्रतियोगितामा सुनसरीको प्रतिनिधित्व गर्दै धरान मेघा कलेजले सहभागिता जनाउन लागेका हुन । धरान मेघा कलेज टिममा प्रदेश नं. १ का बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, सर्बधन राई, कबिन मगर र सन्तोस तामाङ रहेको छ । 

    भोली शनिबार काठमाडौ प्रस्थान गर्न लागेका खेलाडीहरुलाई शुक्रबार धरान मेघा कलेजले खदा लगाएर जितको शुभकामना दिएर बिदाइ गरेका हुन। आगामी चैत्र १२ गतेदेखि काठमाडौ त्रिपुरेश्वर कभर्डहलमा शुरु हुने प्रतियोगितामा सुनसरी र विराटनगरका जम्मा २४ टिमले सहभागिता जनाउने छन् ।

    बिदाई कार्यक्रममा धरान मेघा कलेज प्राचार्य भाष्कर पौडेल, आइडल स्कुलका प्रिन्सीपल सागर खड्का, युवा नेता भिमज्वाला राई, प्रदेश नं. १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, प्रदेश नं.  १ महिला बास्केटबल खेलाडी तनु राई र एल्भिना गुरुङको समेत उपस्थिति रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

    जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी...