News Portal

सिमलटारस्थित शंकरज्योति आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन

हिमालीसंचार संवाददाता
२२० पटक

युवा राई/हेटौडा – हेटौंडा–११ सिमलटारस्थित शंकरज्योति आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरिएको छ । 

गत सोमबार विद्यालयको २७औं अभिभावक भेलाको अवसरमा नवनिर्मित भवनको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । जिल्ला आयोजना कार्यान्वय इकाई शिक्षाले ७० लाख रुपैयाँको लागतमा निर्माण गरेको भूकम्प प्रतिरोधात्मक भवनको नगर प्रमुख लामाले उद्घाटन गरेकी हुन्। 

नगर प्रमुख लामाले सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार आवश्यक रहेको बताइन्। पूर्वाधारका हिसाबले सामुदायिक विद्यालय अव्बल देखिए पनि शिक्षाको गुणस्तरमा कम्जोर रहेको र सुधार आवश्यक रहेको स्पष्ट पारेकी थिइन् ।विद्यालयमा शिक्षकले दिएको शिक्षाको मात्र भर परेर नबस्न अभिभावकलाई आग्रह समेत गरेकी थिइन्। विद्यालयमा लिएको शिक्षासँगै आफुले पनि घरमा बालबालिकाको अवस्था, विचार र धारणाका बारे जानकार हुन आवश्यक रहेको उनको भनाइ थियो । 

विद्यालय गएका आफ्ना बालबालिकाको पढाईको अवस्था, साथी–संगतका कुरामा ध्यान दिन सकेमात्र बालबालिका अव्बल हुन सक्ने भन्नुहुँदै नगर प्रमुख लामाले अभिभावकहरु चनाखो हुन जरुरी रहेको बताइन् । उपमहानगर शैक्षिक प्रणाली सुधारको पक्षमा रहेको बताएकी उनले शिक्षक र अभिभावकको सकारात्मक भूमिका हुन आवश्यक रहेको उनको जोड थियो ।

कक्षा ८ सम्मको अध्यापन हुने विद्यालयमा रहेको पुरानो कच्ची भवनहरु जिर्ण हुँदै गएसँगै भवन अभावका कारण समस्या हुँदै आएको थियो । करिब ५ सय विद्यार्थी रहेको विद्यालयमा अहिले पनि भवनको अभाव रहेको अभिभावक भेलामा प्रधानाध्यापक मुकुन्द न्यौपानेले जानकारी दिए । 

उनले पुराना भवन जीर्ण हुँदै गएकाले विद्यालयका लागि थप ८ कोठाको नयाँ पक्की भवन आवश्यक रहेको बताए । प्रधानाध्यापक न्यौपानेले अभिभावक भेलामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार राप्ति किनारमा रहेको विद्यालयमा गर्मीको समयमा पानीको अभाव हुने उल्लेख छ । अभिभावक भेलामा प्रधानाध्यापक न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यालयले आर्थिक बर्ष २०७७÷०७८ मा १ करोड ११ लाख ३७ हजार बराबरको आयव्यय गरेको उल्लेख छ ।

अभिभावक भेलामा विद्यालयको पूर्वशिक्षक रामबहादुर थापालाई बिदाई समेत गरेको थियो भने उत्कृष्ट शिक्षकको रुपमा कविता गौतम, विन्दुसिं ठकुरी र सुशीला न्यौपानेलाई सम्मान गरेको थियो। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर खुलालको अध्यक्षतामा भएको अभिभावक भेला तथा विद्यालय भवन उद्घाटनमा हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य गोपिनी सापकोटा, विकास नेपाल, गीता सुनार, उपमहानगरका शिक्षा विकास अधिकृत रमेश बिडारी, टोल विकास सस्या वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कमलचन्द्र सुमनले आफ्नो धारणा राखेका थिए। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...