News Portal

  • मोरङको सुनबर्सी नगरका महिलाहरुलाई सिलाई कटिङ तथा उद्धोषण तालिम

    हिमालीसंचार संवाददाता
    १५२ पटक

    रबिन्द्र बराल/मोरङ – “हाम्रो लक्ष्य सीप युक्त जनशक्ति उत्पादन” भन्ने मुल नाराका साथ सुनवर्षी नगरपालिकाको वडा नं. ५ ले  विपन्न परिवारका वेरोजगार महिला, युवाहरूलाई सिलाई कटिङ कम्प्युटर तथा उद्धधोषण तालिम सञ्चालन गरेको छ ।  

    वडा नम्बर ५ का ६० जना महिलाहरुलाई सिलाई कटिङ तालिमको आयोजना गरिएको हो । महिलाहरुले आफ्नो सीप सिकेर घरमै बसेर समयको सदुपयोग तथा केही घरपरिवालाई  पालनपोषण गर्ने केही सहज होस् भन्ने उदेश्यले तालिमको आयोजना गरिको हो । 

    त्यस्तै, युवाहरुका लागि कम्पुटर तालिम र उद्धधोषण तालिम  समेत सुरु गरेको वडा अध्यक्ष योगेश्वर ठाकुरले बताए ।  वडा  नम्बर ५ वडा सभाहलमा एक महिने सिलाई, कटाईको तालिम  सञ्चालन गरिएको छ। सुनवर्षी नगरपालिका सीप विकास प्रशिक्षण तथा बिक्री केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको हो। उक्त तालिम स्थानीय सपना चौधरीले प्रक्षिक  दिईरहेकी छन । 

    महिलाहरुको सीप मुलक कार्यक्रम ल्याएर आत्मा निर्भर बनाएको र आफुहरुले सीप सिकेर केही गर्ने अवसर दिएकोमा  स्थानीय ४५ बर्षीय सुस्मिता कुमार दासले धन्यवाद समेत दिएकी छन । तालिममा सहभागि ६० जना सहभागीहरुलाई दुई चरणमा तालिम समेत दिएको प्रक्षिक चौधरीले बताईन । 

    तालिमको निरिक्षण गर्दे उपमेयर मिरा देवी दासले यसरी महिलाहरुलाई उपयोगी तालिमको आयोजना गरेको वडा अध्यक्षलाई धन्यवाद समेत दिएकी छिन् । वडासचिव भविन कार्कीका अनुसार आगामी  बर्षमा  तालिममा सहभागीहरु मध्ये उत्कृष्ट अतिविपन्न परिवारका दुई जनालाई मेसिन समेत दिईने जानकारी समेत गराएका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...