News Portal

मोरङको सुनबर्सी नगरका महिलाहरुलाई सिलाई कटिङ तथा उद्धोषण तालिम

हिमालीसंचार संवाददाता
२१८ पटक

रबिन्द्र बराल/मोरङ – “हाम्रो लक्ष्य सीप युक्त जनशक्ति उत्पादन” भन्ने मुल नाराका साथ सुनवर्षी नगरपालिकाको वडा नं. ५ ले  विपन्न परिवारका वेरोजगार महिला, युवाहरूलाई सिलाई कटिङ कम्प्युटर तथा उद्धधोषण तालिम सञ्चालन गरेको छ ।  

वडा नम्बर ५ का ६० जना महिलाहरुलाई सिलाई कटिङ तालिमको आयोजना गरिएको हो । महिलाहरुले आफ्नो सीप सिकेर घरमै बसेर समयको सदुपयोग तथा केही घरपरिवालाई  पालनपोषण गर्ने केही सहज होस् भन्ने उदेश्यले तालिमको आयोजना गरिको हो । 

त्यस्तै, युवाहरुका लागि कम्पुटर तालिम र उद्धधोषण तालिम  समेत सुरु गरेको वडा अध्यक्ष योगेश्वर ठाकुरले बताए ।  वडा  नम्बर ५ वडा सभाहलमा एक महिने सिलाई, कटाईको तालिम  सञ्चालन गरिएको छ। सुनवर्षी नगरपालिका सीप विकास प्रशिक्षण तथा बिक्री केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको हो। उक्त तालिम स्थानीय सपना चौधरीले प्रक्षिक  दिईरहेकी छन । 

महिलाहरुको सीप मुलक कार्यक्रम ल्याएर आत्मा निर्भर बनाएको र आफुहरुले सीप सिकेर केही गर्ने अवसर दिएकोमा  स्थानीय ४५ बर्षीय सुस्मिता कुमार दासले धन्यवाद समेत दिएकी छन । तालिममा सहभागि ६० जना सहभागीहरुलाई दुई चरणमा तालिम समेत दिएको प्रक्षिक चौधरीले बताईन । 

तालिमको निरिक्षण गर्दे उपमेयर मिरा देवी दासले यसरी महिलाहरुलाई उपयोगी तालिमको आयोजना गरेको वडा अध्यक्षलाई धन्यवाद समेत दिएकी छिन् । वडासचिव भविन कार्कीका अनुसार आगामी  बर्षमा  तालिममा सहभागीहरु मध्ये उत्कृष्ट अतिविपन्न परिवारका दुई जनालाई मेसिन समेत दिईने जानकारी समेत गराएका छन ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...