News Portal

  • मेयर साम्पाङ विरुद्ध वडाध्यक्षहरु आन्दोलित, २४ घण्टे अल्टिमेटम दिए (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २२१ पटक

    सन्जिब कोयी/धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङले धरानका वडाध्यक्षहरूलाई स्वकीय सचिवमार्फत निर्देशनात्मक पत्राचार गर्न लगाएपछि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले मेयर विरुद्ध नगरपालिकाको प्रांगणमा पत्रकार सम्मेल गर्दै मेयर विरुद्ध आन्दोलित भएका छन्।

    मेयर साम्पाङले स्वकीय सचिवमार्फत निर्देशनात्मक पत्राचार गराएको विषयलाई वडाध्यक्षहरूले आफ्नो अपमान भएको ठहर गर्दै कार्यापालिको बैठकमा उपस्थित नहुने बताएका हुन्। आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसहित २२ जनाले आइतबार पत्रकार सम्मेलन गरेर मेयर साम्पाङको गल्तिप्रति सार्वजनिक रूपमा माफी माग्न मेयर साम्पाङलाई २४ घन्टे अल्टिमेटम दिएका छन्। 

    ‘मेयर हर्कराज राई साम्पाङले निरन्तर हाम्रो मानमर्दन गर्ने र अशोभनीय व्यहार गरे,’ उनीहरूले भनेका छन्, ‘योग्यतासमेत नरहेका सचिवालयका कर्मचारी सुर्दशन लिम्बुले लेटरप्याड दुरुपयोग गर्दै वडाअध्यक्षहरूलाई निर्देशन दिएको घटना प्रति वडाध्यक्षहरुले आपत्ति जनाएका हुन्। 

    केही दिनअघि स्वकीय सचिव लिम्बुले मेयर साम्पाङको आदेश भन्दै वडाध्यक्षहरूलाई योजना पेश गर्न निर्देशनात्मक पत्राचार गरेका थिए। वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरूले मेयर साम्पाङले मनोमानी, स्वेच्छाचारी र एकल निर्णयका आधारमा चल्न खोजेको समेत आरोप लगाएका छन्।

    धरान वडा नं. १० का वडाध्यक्ष विवेक राईलाई मेयर साम्पाङले झुटो आरोप लगाएर स्पष्टीकरण सोधेको भन्दै वडाध्यक्षहरुले मेयर साम्पाङले आत्मालोचना गरी सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। 

    पछिल्लो समय मेयर साम्पाङले ‘स्वेच्छाचारिताको हद पार गर्दै स्वकीय सचिवमार्फत हामीलाई निर्देशन दिने कुरा कुनै पनि अर्थमा स्वीकार्य छैन,’ वडाध्यक्षहरूले भनेका छन्, ‘मेयरले निरन्तर गरिरहेको हाम्रो अपमानप्रति माफी माग्नुको विकल्प छैन।’ उनीहरुको आग्रह रहेका छन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...