News Portal

  • नाटक “कुमार मामा”का कलाकारहरुलाई होटल बेस क्याम्पमा ‘रिफ्रेसमेन्ट’ सहित सम्मान (भिडियो सहित)

    विकास चाम्लिङ राई
    १४४ पटक

    विकास चाम्लिङ राई/धरान – सांस्कृतिक चेतनाको विस्तार, पुनर्जागरण, राज्यप्रतिको विद्रोह र अधिकारका लागि सांस्कृतिक लडाइँलाई विषयवस्तु बनाएर १४ दिनसम्म धरान-८ स्थित सभागृहमा मञ्चन भएको नाटक “कुमार मामा” को समापन गरिएको छ ।

    गत फागुन १७ गतेदेखि मञ्चन सुरु भएको नाटक “कुमार मामा” बिहिबार अन्तिम पटक धरान-८ स्थित सभागृहमा मञ्चन गरिएको नाटक “कुमार मामा” नाटकका सम्पूर्ण कलाकारहरुलाई “रिफ्रेसमेन्ट” सहित मायाको चिनो प्रदान गर्दै धरान-४ स्थित रोल बेस क्याम्पमा समापन गरियो। 

    नाटक “कुमार मामा”का कलाकारहरु विष्णु मोक्तानसँगै उदय बेघा लिम्बु, सजेस्ट घायल राई, विकास कुलुङ, मानबहादुर राई, दीपेन्द्र राई, एलिना रुम्दाली, करिस्मा छेत्री, एन्जल तामाङ लगायत कलाकारलाई विशेष सम्मान गरिको थियो। 

    रङ्गभूमि एकेडेमीको प्रस्तुतिमा निर्माण गरिएको नाटकका कलाकारलाई नाटक “कुमार मामा”का लेखक जनकऋषि राई र निर्देशक विष्णु मोक्तानले “मायाको चिनो” सहित कलाकारहरुलाई सामुहिक रिफ्रेशमेन्ट गरिएको थियो। आयोजित कार्यक्रममा पत्रकार विकास चाम्लिङ राई, शिशिर राई, सन्जिव कोयी राई लगायतले धरान-४ स्थित होटल बेसक्याम्पमा आयोजित “रिफ्रेसमेन्ट” कार्यक्रममा कलाकारहरुको अभिनयको समग्र समिक्षा तथा प्रशंसा गरिएको थियो। 

    धरान-८ स्थित सभा गृहमा १८औ पटक मञ्चन भएको नाटकमाथि स्थानीय साहित्यकार कविहरुले कविता रचना गरी वाचन गरेका थिए । त्यस्तै, नाटक “कुमार मामा” हेरिसकेपछि पात्र, परिवेश र प्रवृत्तिमाथि चित्रकारहरुले चित्र कोरेका थिए । 

    लेखक तथा कथाकार जनकऋषि राईको कथासंग्रह ‘बस्तीभित्र’ को एउटा कथा “कुमार मामा” लाई नाट्य रुपान्तरण गरेर रंगकर्मी विष्णु मोक्तानले निर्देशन गरेका हुन् । कला, अभिनयको सुन्दर पक्षको आलोकमा नाटकले आदिवासी जनजातिमध्ये पनि किरात राई समुदायको सांस्कृतिक चेतनालाई उजागर गरेको छ। 

    राज्यसत्ताले आदिवासी जनजातिको सांस्कृतिक संवेदनशीलतालाई नबुझ्दा समतामूलक समाज निर्माणमा कठिनाइ भइरहेको विषयलाई ज्यादै मार्मिक ढंगले नाटक “कुमार मामा” कलाकारहरुले प्रस्तुत गरेका थिए। धरान-४ स्थित होटल बेसक्याम्पमा ‘रिफ्रेसमेन्ट’ कार्यक्रम आयोजना गरिएको निर्देशक विष्णु मोक्तानले हिमालीसंचारडटकलाई जानकारी दिए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८० प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिका अस्पतालमध्ये उत्कृष्ट र नमुना बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...

    सभामुखमाथि लिङ्देनको आरोप : संसदको इतिहासमै कालो अध्याय रचिएको दाबी

    काठमाडौं, असार ३० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभामुख देवराज घिमिरेमाथि कडा...

    स्पेन प्रकरण : भिसा काण्ड छानबिन गर्न गृह मन्त्रालयमा उच्चस्तरीय छलफल

    काठमाडौं, असार ३० – स्पेनमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराउने भन्दै अनधिकृत रूपमा भिसा...

    बानेश्वरमा निषेधित क्षेत्र मिच्ने प्रयास, नेविसंघका १० कार्यकर्ता पक्राउ

    काठमाडौं, असार ३० – शिक्षा ऐन तत्काल लागू गर्नुपर्ने लगायतका माग राख्दै सडकमा उत्रिएका नेविसंघका १०...