News Portal

नेपालले विश्वकप छनोटमा कुन-कुन टिमसँग प्रतिस्पर्धा गर्छ ?

हिमालीसंचार संवाददाता
४३८ पटक

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२३ को एकदिवसीय विश्वकपअघि तीन श्रेणीको एकदिवसीय लिग सञ्चालन गर्ने निर्णय गरेको थियो।

टेस्ट राष्ट्र र नेदरल्यान्ड्स (विश्व क्रिकेट लिग विजेता) गरी १३ राष्ट्रबीचको सुपर लिग, अस्थायी एकदिवसीय मान्यता पाएका ७ राष्ट्रबीचको आइसिसी विश्वकप लिग-२ र एसोसिएट देशको च्यालेन्ज लिग गरी तीन लिग सञ्चालन भयो। तीन मध्ये लिग-२ र च्यालेन्ज लिग सकिएका छन् भने सुपर लिगको केही खेल बाँकी छन्।

तीनै लिग एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगिता पनि थियो। १० टिमबीच प्रतिस्पर्धा हुने विश्वकपमा सुपर लिगका शीर्ष आठ (आयोजक भारतसहित) सिधैं पुग्ने प्रावधान छ। बाँकी २ स्थानका लागि भने छनोट प्रतियोगिता खेल्नु पर्ने आइसिसीको नियम छ।

छनोट प्रतियोगितामा सुपर लिगका पुछारका पाँच टिम, लिग-२ का शीर्ष तीन टिम र क्वालिफायर प्लेअफका २ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुने तय छ।

नेपालले लिग-२ को शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा स्थान बनाएको छ। अन्तिम १२ खेल बाँकी रहदासम्म नेपाल लिग-२ को अंक तालिकामा छैटौं स्थानमा थियो। तर पछिल्ला १२ मध्ये ११ खेल जित्दै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लन सफल भयो।

अब नेपालले जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ। त्यहाँ नेपालसहित स्कटल्यान्ड र ओमान गरी लिग-२ का तीन टिम पुगेका छन्।

टेस्ट राष्ट्र जिम्बावेले पनि छनोट खेल्नु पर्नेछ। सुपर लिगको पुछारमा रहेको नेदरल्यान्ड्सले पनि छनोट खेल्दैछ।

अहिलेको सुपर लिगको अंक तालिकाअनुसार दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्डले पनि विश्वकप छनोट खेल्नु पर्ने अवस्था छ। यद्यपी तीन टिमले बाँकी रहेका आफ्ना खेल जिते सुपर लिगको आठौं स्थानमा रहेको वेस्ट इन्डिजलाई पछि पार्न सक्नेछन्।

विश्वकप छनोट- २०२३

टिम १ – सुपर लिगको पुछारको पाँच मध्ये एक (वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक)

टिम २ – सुपर लिगको पुछारको पाँच मध्ये एक (वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक)

टिम ३ – सुपर लिगको पुछारको पाँच मध्ये एक (वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक)

नेदरल्यान्ड्स – सुपर लिगको पुछारको पाँच मध्ये एक

जिम्बावे – सुपर लिगको पुछारको पाँच मध्ये एक

स्कटल्यान्ड – लिग-२ को विजेता

ओमान – लिग-२ को उपविजेता

नेपाल- लिग-२ को तेस्रो टिम

टिम ९- क्वालिफायर प्लेअफको शीर्ष दुईमा पर्ने टिम (जर्सी, क्यानडा, अमेरिका, पपुवा न्युगिनी, युएई र नामिबिया मध्ये एक)

टिम १० – क्वालिफायर प्लेअफ शीर्ष दुईमा पर्ने टिम (जर्सी, क्यानडा, अमेरिका, पपुवा न्युगिनी, युएई र नामिबिया मध्ये एक)

सुपर सिक्सको शीर्ष दुईमा परे विश्वकपमा पुग्ने

विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ। पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।

सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...