News Portal

मिरा राई फाउण्डेशनको आयोजनामा ५० किलोमिटर भोजपुर ट्रेल हुदै (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४०१ पटक

सन्जिब कुमार राई/धरान – विश्व अल्ट्रा धावक विजेता मिरा राई फाउण्डेशनको आयोजनामा ५० किलोमिटरदूरीको छैटौं भोजपुर ट्रेल आगामी चैत्र १८ गते आयोजना हुने भएको छ।

आज धरानको बुद्धचोकमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अल्ट्रा धावक मिरा राई फाउण्डेशनको आयोजनामा भोजपुरको सानो दुम्मा उक्त प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिएका हुन्। 

आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका सचिव केशव राईका अनुसार सानो दुम्मा विधालयबाट मिरा राईको धरसम्म दौडेर शुरु गरिएको पहिलो प्रतियोगिता आज छैटौं संस्करणसम्म आईपुग्नु गाउपालिकाको विशेष सहकार्यले गर्दा ५० किलोमिटरको रेस प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिए। 

भोजपुरको सानो दुङमा पुग्ने खेलाडीका लागि खान बस्नको व्यवस्था समेत आयोजकले प्रबन्ध गर्ने जानकारी दिए। उक्त प्रतियोगितामा स्थानीय खेलाडिहरुलाई प्रोत्साहन स्वरुप छुट्टै पुरस्कारको वियवस्था रहेको समेत जानकारी दिए। प्रतियोगितामा स्थानीय, जिल्ला र खुल्ला गरी तीन क्याटोगरीमा पुरस्कारको व्यवस्था गरिएको पनि सचिव राईले जानकारी दिए। 

 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...