News Portal

मिर्गौला पीडित दलबहादुरलाई बेलायतबाट पौने ५ लाख आर्थिक सहयोग

७५३ पटक

कलेन्द्र सेजुवाल
सुर्खेत : मिर्गौला पीडित एक व्यक्तिको लागि बेलायतमा बस्ने सुर्खेतीले चार लाख ७५ हजार रुपैयाँ संकलन गरेका छन् ।दुईवटै मिर्गौला फेल भएका वीरेन्द्रनगर-५ चिसापानी निवासी ३१ वर्षीय दलबहादुर रानामगरको लागि बेलायतमा बस्ने एक सय १७ जना नेपालीले उक्त रकम संकलन गरी पठाएका हुन् ।

लण्डनमा बस्ने दिलबहादुर जिसी, खगिसरा थापा र टोपबहादुर थापाको पहलमा संकलित रकम जिसीले सोमबार उनको घरमै पुगेर हस्तान्तरण गरे ।

‘चिनेजानेको युवा अप्ठेरोमा परेको थाहा पाएपछि हामीले आर्थिक संकलन अभियान गरेका हौं,’ जिसीले भने,‘हामी जहाँ बसे पनि मन त नेपाली नै हो, सहयोग गर्न पाउँदा खुसी छौं ।’ सुर्खेतका साथै दैलेखलगायत क्षेत्रका बेलायतमा बस्ने नेपालीले रानामगरको लागि सहयोग गरेका उनले बताए ।

सशस्त्र प्रहरी जवानमा कार्यरत रानामगरको गत वैशाखमा दुईवटै मिर्गौला फेल भएको थाहा भएको थियो । ५६ वर्षीया आमा पबित्रा रानामगर छोराको लागि एउटा मिर्गौला दिन तयार भए पनि आर्थिक अभावमा प्रत्यारोपण प्रक्रिया सुरु हुन सकेको छैन ।

‘अहिलेसम्म विभाग (सशस्त्र प्रहरी बल)बाट सहयोग पाइएको छैन,’उनले भने,‘देश/विदेशमा रहनु भएका सहयोगीले भने मलाई बचाउन रकम जुटाइरहनु भएको छ ।’

उनको लागि सुर्खेतमा बस्ने स्थानीयले पनि सहयोग संकलन अभियान थालेका छन् । अभियानकर्ता लक्ष्मण मस्र्याङीले हालसम्म ६ लाख ९० हजार रुपैयाँ संकलन भएको जानकारी दिए । कान्तिपुर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...