News Portal

एन्फा अध्यक्षलाई उपाध्यक्ष शाहीको चेतावनी: यो व्यक्तिगत कम्पनी र बिर्ता होइन !

हिमालीसंचार संवाददाता
३५१ पटक

काठमाडौ। अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष विराटजंग शाहीले एन्फा नेतृत्वमाथि आफ्नो अपमान गरेको आरोप लगाएका छन्। साथै उनले अध्यक्ष पंकजविक्रम नेम्वाङलाई एन्फा व्यक्तिगत कम्पनी र बिर्ता नभएको भन्दै चेतावनीसमेत दिएका छन्।

बान्डामा हुने ७३औं फिफा कंग्रेसमा सहभागी हुन जाने क्रममा एयरपोर्ट पुगेपछि नाम काटिएको थाहा पाएर शाहीले ४० वर्ष फुटबलमा इमान्दारीपूर्वक गरेको योगदान र अध्यक्षमा पंकजविक्रम नेम्वाङलाई गरेको सहयोगबापत आफूले जीवनको सबैभन्दा ठूलो अपमान भोग्नुपरेको उल्लेख गरे।

उनले सामाजिक सञ्जालमा फिफा कंग्रेसमा सहभागिताका लागि आएको इ–टिकटको कन्फर्मेसन इमेल, अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको टिकटसँगै आफ्नो एयरपोर्टको तस्वीर राख्दै लेखेका छन्‚ ‘फिफा कंग्रेसमा जानको लागि अध्यक्ष, महासचिव र मेरो नाम पठाइएको थियो। जसअनुसार मेरो नाममा टिकट र भिसा पनि आयो र जाने तयारी पनि गरेँ। फिफा प्रतिनिधिका तर्फबाट फुटबल खेल्ने फारममा पनि हस्ताक्षर गरेर पठाएको थिएँ। आज घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गएँ। चेकिङ काउन्टरमा गएपछि थाहा पाएँ मेरो नाम त हटाइसकिएको रहेछ। हटाउनु थियो भने पनि कमसेकम मलाई जानकारी गराएको भए यस किसिमले अपमानित हुनुपर्ने थिएन।’

उनले फुटबलमा आफूले गरेको योगदानबापत वर्तमान अध्यक्ष नेम्वाङले अपमानित गरेको आरोप लगाएका छन्।

‘घरबाट बिदाबारी भएर गैसकेको व्यक्तिले घरमा गएर के भन्ने ? वर्तमान अध्यक्षलाई चुनाव जिताउन मैले के मात्र गरिनँ होला। अर्को पक्षबाट समेत वरिष्ठ उपाध्यक्षमा लड्न अफर आएको र आफ्नै टिममा पनि सबैले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्नुपर्छ भनि ठूलो दबाब भए तापनि टिम र अध्यक्षलाई अप्ठ्यारो पर्ला भनी हालका वरिष्ठ उपाध्यक्ष मभन्दा जुनियर भए तापनि उपाध्यक्षमा लडेर गरेको बलिदानको बापतमा जीवनमै सबैभन्दा ठूलो अपमानित भएँ।’

उनले अवैधानिक र अनियमितताको आँखा चिम्लिएर मिलाउन आफू लागि नपर्ने उल्लेख गरेका छन्।

‘मलाई फिफा कंग्रेसमा लगेर तपाईंले गर्नुभएका सबै अवैधानिक र अनियमितताको कार्यहरु आँखा चिम्लिएर सहयोग गर्ला भनेर मेरो नाम राख्नु भएको थियो होला। मैले खेलकुदमा आजीवन इमानदारीपूर्वक काम गरेको सबैलाई थाहा छ।’

सामाजिक सञ्जालमा उनले अगाडि लेखेका छन् ‘फिफा कंग्रेसमा नाम राखिसकेपछि पनि मैले एन्फामा भएका अवैधानिक कार्यहरु र आर्थिक अनियमितताको विषयमा मैले विभिन्न बैठकमा समर्थन नगरेपछि मेरो नाम काटिएको हो भने यसमा म आफू गर्व महसुस गर्छु।’

उनले आफ्नो नाम काटेर जाने व्यक्तिबारे जानकारी नभएको बताउँदै जाने व्यक्तिले भविष्यमा निर्वाह गर्ने भूमिकाबारे हेर्न प्रतीक्षारत रहेको बताए। शाहीले आफ्नो नाम काटिएको बारेमा कार्य समितिको बैठक र साधारणसभाबाट जवाफ माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...