News Portal

एन्फा अध्यक्षलाई उपाध्यक्ष शाहीको चेतावनी: यो व्यक्तिगत कम्पनी र बिर्ता होइन !

हिमालीसंचार संवाददाता
३०५ पटक

काठमाडौ। अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष विराटजंग शाहीले एन्फा नेतृत्वमाथि आफ्नो अपमान गरेको आरोप लगाएका छन्। साथै उनले अध्यक्ष पंकजविक्रम नेम्वाङलाई एन्फा व्यक्तिगत कम्पनी र बिर्ता नभएको भन्दै चेतावनीसमेत दिएका छन्।

बान्डामा हुने ७३औं फिफा कंग्रेसमा सहभागी हुन जाने क्रममा एयरपोर्ट पुगेपछि नाम काटिएको थाहा पाएर शाहीले ४० वर्ष फुटबलमा इमान्दारीपूर्वक गरेको योगदान र अध्यक्षमा पंकजविक्रम नेम्वाङलाई गरेको सहयोगबापत आफूले जीवनको सबैभन्दा ठूलो अपमान भोग्नुपरेको उल्लेख गरे।

उनले सामाजिक सञ्जालमा फिफा कंग्रेसमा सहभागिताका लागि आएको इ–टिकटको कन्फर्मेसन इमेल, अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको टिकटसँगै आफ्नो एयरपोर्टको तस्वीर राख्दै लेखेका छन्‚ ‘फिफा कंग्रेसमा जानको लागि अध्यक्ष, महासचिव र मेरो नाम पठाइएको थियो। जसअनुसार मेरो नाममा टिकट र भिसा पनि आयो र जाने तयारी पनि गरेँ। फिफा प्रतिनिधिका तर्फबाट फुटबल खेल्ने फारममा पनि हस्ताक्षर गरेर पठाएको थिएँ। आज घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गएँ। चेकिङ काउन्टरमा गएपछि थाहा पाएँ मेरो नाम त हटाइसकिएको रहेछ। हटाउनु थियो भने पनि कमसेकम मलाई जानकारी गराएको भए यस किसिमले अपमानित हुनुपर्ने थिएन।’

उनले फुटबलमा आफूले गरेको योगदानबापत वर्तमान अध्यक्ष नेम्वाङले अपमानित गरेको आरोप लगाएका छन्।

‘घरबाट बिदाबारी भएर गैसकेको व्यक्तिले घरमा गएर के भन्ने ? वर्तमान अध्यक्षलाई चुनाव जिताउन मैले के मात्र गरिनँ होला। अर्को पक्षबाट समेत वरिष्ठ उपाध्यक्षमा लड्न अफर आएको र आफ्नै टिममा पनि सबैले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्नुपर्छ भनि ठूलो दबाब भए तापनि टिम र अध्यक्षलाई अप्ठ्यारो पर्ला भनी हालका वरिष्ठ उपाध्यक्ष मभन्दा जुनियर भए तापनि उपाध्यक्षमा लडेर गरेको बलिदानको बापतमा जीवनमै सबैभन्दा ठूलो अपमानित भएँ।’

उनले अवैधानिक र अनियमितताको आँखा चिम्लिएर मिलाउन आफू लागि नपर्ने उल्लेख गरेका छन्।

‘मलाई फिफा कंग्रेसमा लगेर तपाईंले गर्नुभएका सबै अवैधानिक र अनियमितताको कार्यहरु आँखा चिम्लिएर सहयोग गर्ला भनेर मेरो नाम राख्नु भएको थियो होला। मैले खेलकुदमा आजीवन इमानदारीपूर्वक काम गरेको सबैलाई थाहा छ।’

सामाजिक सञ्जालमा उनले अगाडि लेखेका छन् ‘फिफा कंग्रेसमा नाम राखिसकेपछि पनि मैले एन्फामा भएका अवैधानिक कार्यहरु र आर्थिक अनियमितताको विषयमा मैले विभिन्न बैठकमा समर्थन नगरेपछि मेरो नाम काटिएको हो भने यसमा म आफू गर्व महसुस गर्छु।’

उनले आफ्नो नाम काटेर जाने व्यक्तिबारे जानकारी नभएको बताउँदै जाने व्यक्तिले भविष्यमा निर्वाह गर्ने भूमिकाबारे हेर्न प्रतीक्षारत रहेको बताए। शाहीले आफ्नो नाम काटिएको बारेमा कार्य समितिको बैठक र साधारणसभाबाट जवाफ माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...