News Portal

७औं होराइजन राष्ट्रिय बास्केटवल, नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

विकास चाम्लिङ राई
४२९ पटक

विकास चाम्लिङ राई/धरान – सुनसरीको धरानमा होराइजन क्लवको आयोजनामा आयोजित ७औं होराइजन राष्ट्रिय बास्केटवल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ ।

बिहिबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिसले आयोजक होराइजनलाइ ८७-७९ अंकको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन । अत्यन्त प्रतिस्पर्धा भएको खेलमा नेपाल पुलिसले  १९-१३, अंको अग्रता बनाएको थियो । दोस्रो क्वाटरमा होराइजन लयमा फर्किन्दै २१-१६ अंक जोड्दै  नेपाल पुलिसलाई होराइजनले पछ्याएका थिए । तेस्रो क्वाटरमा भने नेपाल पुलिसले २६-१९ अंकको अग्रता बनाउदै होराइजनलाई पछि पारेका थिए । चौथो क्वाटरमा  भने २६/२६ बराबर अंक जोडेका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल पुलिसका सयुन राई म्यान अफ द म्याच घोषित भए । उनले आफ्नो टिमका लागि ब्यक्तिगत २० अंक जोडेका थिए । सयुनले उपाधी संगैं  नगद १ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । त्यस्तै, खेलमा होराइजनका सर्बोधन राइले ब्यक्तिगत २४ अंक जोडे ।

धरान १७ स्थित श्री निम्न माध्यमिक विधालयको बास्केटवल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगितामा सुनसरी बास्केटबल संघले प्राबिधिक सहयोग गरेका छन्। भोलिको दोस्रो सेमिफाइनल खेल राष्ट्रिय खेलाडिले भरिपुर्ण टाइम्स क्लब काठमाडौ र नेपाल आर्मी बिच प्रतिस्पर्धा हुने छ।  प्रतियोगिताका विजेता टिमले नगद १ लाख ११ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

तस्वीर : बिकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...