News Portal

७औं होराइजन राष्ट्रिय बास्केटवल, नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

विकास चाम्लिङ राई
३७० पटक

विकास चाम्लिङ राई/धरान – सुनसरीको धरानमा होराइजन क्लवको आयोजनामा आयोजित ७औं होराइजन राष्ट्रिय बास्केटवल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ ।

बिहिबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिसले आयोजक होराइजनलाइ ८७-७९ अंकको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन । अत्यन्त प्रतिस्पर्धा भएको खेलमा नेपाल पुलिसले  १९-१३, अंको अग्रता बनाएको थियो । दोस्रो क्वाटरमा होराइजन लयमा फर्किन्दै २१-१६ अंक जोड्दै  नेपाल पुलिसलाई होराइजनले पछ्याएका थिए । तेस्रो क्वाटरमा भने नेपाल पुलिसले २६-१९ अंकको अग्रता बनाउदै होराइजनलाई पछि पारेका थिए । चौथो क्वाटरमा  भने २६/२६ बराबर अंक जोडेका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल पुलिसका सयुन राई म्यान अफ द म्याच घोषित भए । उनले आफ्नो टिमका लागि ब्यक्तिगत २० अंक जोडेका थिए । सयुनले उपाधी संगैं  नगद १ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । त्यस्तै, खेलमा होराइजनका सर्बोधन राइले ब्यक्तिगत २४ अंक जोडे ।

धरान १७ स्थित श्री निम्न माध्यमिक विधालयको बास्केटवल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगितामा सुनसरी बास्केटबल संघले प्राबिधिक सहयोग गरेका छन्। भोलिको दोस्रो सेमिफाइनल खेल राष्ट्रिय खेलाडिले भरिपुर्ण टाइम्स क्लब काठमाडौ र नेपाल आर्मी बिच प्रतिस्पर्धा हुने छ।  प्रतियोगिताका विजेता टिमले नगद १ लाख ११ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

तस्वीर : बिकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...