News Portal

मोरङको मिनिल्याण्ड स्कुलले कक्षा ११ लाई स्वागत तथा कक्षा १२ का बिधार्थीहरुलाई विदाइ गऱ्यो

हिमालीसंचार संवाददाता
२१२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड इग्लीस बोङिग स्कुलले बिगत बर्ष झै यस बर्ष पनि  कक्षा १२ का विद्यार्थीहरुलाई विदाइ गर्नुका साथै ११ का बिधार्थीलाई समेत स्वागत गरेको छ ।

विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना  १ सय १६  जना विधार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सीपल विर्कण कार्की, आतिश पौडेल, अबिषेक अधिकारी, घनस्याम भण्डारी, विजय राजवंशी, श्याम मण्डल, दिपक शोनि, डिगेन्द्रभट्टराई, सुरज सुवेदी  लगायतको उपस्थिति समेत रहेको थियो ।  

सो बिधालयले बिगत बर्षदेखि ११ कक्षाको पठनपाठन सुरु गरेपछि  यस क्षेत्र का छात्र, छात्राहरुले भने बिराटनगरसम्म गएर उच्च शिक्षाका लागि जानू नपर्ने र आफ्नै घर आँगनमा उच्च शिक्षा लिन पाएकोमा आफूहरु खुशी भएको  प्रियंका शर्मा ले बताईन ।   

रंगेलीमै कक्षा ११ र १२ को पठनपाठन गरी गुणस्तीय शिक्षा प्रदान गर्न बिधालयले अबसर प्राप्त गरेको र आभिभावकहरुको सहयोग र साथ उतिकै आबस्यक रहेको र आगामी दिनहरुमा बिज्ञान तथा अन्य  संकायका विषयहरु समेत थपिदै लैजाने  जाने बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए । 

सो अवसरमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई खादा र अविर साहित सम्मान गरिएको थियो । स्वागत कार्यक्रममा विधार्थीहरुले विभिन्न गीतहरुमा आर्कषक नृत्य तथा गायन प्रस्तुत गरेर आमन्त्रित अतिथिहरुलाई मनोरञ्जन समेत गराएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...