News Portal

मोरङको रंगेलीमा भव्य रुपमा ११३औं नारी दिवस मनायो

हिमालीसंचार संवाददाता
१७३ पटक

रबिन्द्र बराल/मोरङ – लैगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ रंगेली नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ। रंगेली ९ स्थित महालक्ष्मी माध्यमिक बिधालयको प्रागणमा एक कार्यक्रमको आयोजना गर्दे १ सय १३औं नारी दिवस मनाएका हुन ।

राष्ट्रिय नाराका सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्र्दै आर्थिक र सामाजिक शक्तिकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाएको हो ।

कार्यक्रममा रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, अतिथि वडाअध्यक्ष चुडामणिा रेग्मी, विभिन्न महिला सन्जालका प्रतिनिधि बिमला कडेल, सामुदयिक कल्याणसमाज – गोपाल सोरेन, देवन्ता राजवंशी, निकीता गौतम, कमल रिमाल, अन्नपूर्ण मण्डल लगायतको समेत सहभागी रहेको थियो । 

सहभागीहरुलाई शुभकामना दिदै मेयर बगडियाले भने महिलाको हकमा नगरले आगामी दिनमा केही महिलाहरुलाई सक्षम र सबलका लागि सिटि रिक्सा बितरण गर्ने र सामुदायिक बिधालयमा अध्यनरत गर्ने कक्षा ८ का छात्राहरुलाई साईकल समेत बितरण प्रकृया अगाडि समेत बढाइ सकेको बगडियाले बताए । 

दर्वेशा कृषि साना किसान संस्थाको आयोजना तथा रंगेली नगरपालिका र लुथरन सामुदायिक कल्याण समाज सहकार्यमा  कार्यक्रम गरिएको थियो। फर्सडागी,बेल चोक, दर्वेशा, आमतोला, रंगेली  लगायतका महिलाहरुको सहभागी समेत रहेको थियो ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...