News Portal

७औं होराइजन राष्ट्रिय बास्केटवल, नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

विकास चाम्लिङ राई
३४७ पटक

विकास चाम्लिङ राई/धरान – सुनसरीको धरानमा भइरहेको होराइजन क्लवको आयोजनामा आयोजित ७औं होराइजन राष्ट्रिय बास्केटवल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रबेश गरेको छ ।

बिहिबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिसले आयोजक होराइजनलाई ८७-७९ अंकको अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेका हुन। अत्यन्त प्रतिस्पर्धात्मक भएको खेलमा नेपाल पुलिसले १९-१३, अंको अग्रता बनाएको थियो । 

दोस्रो क्वाटरमा होराइजन लयमा फर्किन्दै २१-१६ अङ्क जोड्दै  नेपाल पुलिसलाई पछ्याएका थिए । तेस्रो क्वाटरमा भने नेपाल पुलिसले २६-१९ अङ्कको अग्रता बनाउदै होराइजनलाई पछि पारेका थिए । त्यस्तै, चौथो क्वाटरमा भने २६/२६ बराबर अङ्क जोडेका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल पुलिसका सयुन राई म्यान अफ द म्याच घोषित भए । उनले आफ्नो टिमका लागि ब्यक्तिगत २० अंक समेत जोडेका थिए । सयुनले उपाधी सङ्गै  नगद १ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । त्यस्तै, खेलमा होराइजनका सर्बोधन राईले ब्यक्तिगत २४ अंक जोडे ।

धरान १७ स्थित श्री निम्न माध्यमिक विधालयको बास्केटवल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगितामा सुनसरी बास्केटबल संघले प्राबिधिक सहयोग गरेका छ्न । भोलिको दोस्रो सेमिफाइनल खेल राष्ट्रिय खेलाडिले भरिपुर्ण टाइम्स क्लब काठमाडौ र नेपाल आर्मी बिच प्रतिस्पर्धा हुनेछ ।  

प्रतियोगिताका विजेता टिमले नगद १ लाख ११ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...