News Portal

७औं होराइजन राष्ट्रिय बास्केटवल प्रतियोगिता विशेष; टाइम्स क्लब सेमिफाइनल प्रवेश

हिमालीसंचार संवाददाता
४३४ पटक

विकास चाम्लिङ राई/धरान – होराइजन क्लवको आयोजनामा आयोजित ७औं होराइजन राष्ट्रिय बास्केटवल प्रतियोगिताको तेस्रो दिन मंगलबार बिहान भएको खेलमा टाइम्स क्लब काठमाडौ क्लबले विराटनगर मोरङ टिमलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा टाइम्स क्लबले विराटनगरलाई ८९-६० फराकिलो अंकले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेका हुन। मध्यान्तरसम्म प्रतिस्पर्धात्मक भएको खेलमा टाइम्सले विराटनगर विरुद्ध प्रत्येक क्वाटरमा १८-१४, १६-१८, ३०-११ र २५-१७ अंक जोडेका थिए । 

खेलमा उत्कृष्ट प्रदशन गरेका विराटनगरका सुजन लिम्बु म्यान अफ द म्याच घोषित भए । सुजनले आफ्नो टिमका लागि ब्यक्तिगत ११ अंक जोडे । उनले म्यान अफ थ म्याचको उपाधी संगै  नगद १ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । त्यस्तै, खेलमा टाइम्सको तर्फबाट मबिन्द्र भण्डारीले ब्यक्तिगत २१ अंक जोडेका छन ।

धरान-१७ स्थित श्री निम्न माध्यमिक विधालयको बास्के कोर्टमा सम्पन्न भइरहेको प्रतियोगितामा सुनसरी बास्केटबल संघले प्राबिधिक सहयोग गरेका छ्न । प्रतियोगितामा धरान, काठमाडौ, झापा, मधेस प्रदेश बारा र मोरङ गरि ८ टिमले सहभागिता जनाएका छन् ।  

प्रतियोगिताका विजेता टिमले नगद  १ लाख ११ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। भोलीको खेल नेपाल आर्मी क्लब काठमाडौ र मधेस प्रदेशका बारा विच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...