News Portal

७औं होराइजन राष्ट्रिय बास्केटवल; नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

विकास चाम्लिङ राई
३७८ पटक

विकास चाम्लिङ राई/धरान – होराइजन क्लवको आयोजनामा आयोजित ७औं होराइजन राष्ट्रिय बास्केटवल प्रतियोगिताको दोस्रो दिन नेपाला पुलिस क्लब होलिल्याण्ड इन्टर्नेसनल कलेजलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा नेपाल पुलिसले होलिल्याण्डलाई ९९-४६ फराकिलो अंकले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेका हुन । सहज जित निकालेका नेपाल पुलिस होलिल्याण्ड विरुद्ध  प्रत्येक क्वाटरमा २८-९,२४-७, १८-११ र २९-१९ अंकको अग्रता बनाएका थिए । खेलमा व्यक्तिगत १६ अंक जोडेका सयुन राई म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे ।

धरान-१७ स्थित श्री निम्न माध्यमिक विधालयको बास्केटवल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगितामा सुनसरी बास्केटबल संघले प्राबिधिक सहयोग गरेका छन् । आयोजित प्रतियोगितामा धरान, काठमाडौ, झापा र मोरङ गरि ८ टिमले सहभागिता जनाएको छ ।  

प्रतियोगिताका विजेता टिमले नगद  १ लाख ११ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै,  उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। भोलिको खेल टाइम्स क्लब काठमाडौ र मोरङ विराटनगर विच खेल प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...