News Portal

  • माया धराने साबुन निर्माणाधीन फ्याक्ट्री भवन विरुद्धको रिट खारेज

    हिमालीसंचार संवाददाता
    २३०३ पटक

    धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ” माया धराने साबुन उद्योग खोल्न निर्माणाधीन भवनको जग्गा वन क्षेत्रमा परेको भन्दै वन कार्यालयले उच्च अदालत विराटनगरमा दिएको रिट आज खारेज गरिदिएको छ।

    उच्च अदालत विराटनगरको फैसला लगत्तै धरानका मेयर साम्पाङको अधिवक्ता स्वागत नेपालले आफ्नो सामाजिक संजाल फेसबुकमा “हर्क साम्पाङ्गकाे मुद्दामा जनताकाे जीत ..

    माया धराने साबुन उत्पादन विरुद्धको रीट निवेदन खारेज भयाे। अब साबुन उत्पादन विधिवत् शुरु हुनेछ, बहस भर्खरै सकिएर फैसलापछि बिराटनगर उच्च अदालत बाहिर ! माननीय न्यायाधीश द्वय कमलकृष्ण अधिकारी र मुरारी श्रेष्ठ ज्युकाे इजलासबाट फैसला भएको हाे।” भन्दै अधिबक्त नेपाललो फेसबुक स्टाटसमा लेखेका छन्। उनका अनुसार न्यायाधीशद्वय कमलकृष्ण अधिकारी र मुरारी श्रेष्ठको संयुक्त इजलासले उक्त रिट खारेज गरेको उल्लेख गरेका छनि। 

    गत पुस ६ गते सव डिभिजन वन कार्यालय विष्णुपादुका तथा डिभिजन वन कार्यालय सुनसरीले मेयर साम्पाङ विरुद्ध दायर गरेको रिटको सुनवाइ गर्दै उच्च अदालत विराटनगरले उत्प्रेषणको परमादेश जारी गरेको थिए। वनले रिट खारेज गरेपछि उच्चअदालत विराटनगरको आदेशले धरानमा निर्माणाधीन साबुन उद्योगको काम रोकिएको थियो ।

    मेयर साम्पाङले पनी सामाजिक संजाल फेसबुक पेज मार्फत लेखेका छन् “”माया धराने” एउटा सपना, संकल्प र भविष्य हो ! जीत हुन्छ क्रान्तिको शंकै नमान ! जय धरान ! जय श्रम अभियान !”

    वनले दिएको रिटपछि उच्च अदालत विराटनगरले आदेशमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म वन क्षेत्र भित्रको पर्ने जग्गामा स्टेअडर्र लागू गर्दै अतिक्रमित हुने गरी साबुन उद्योग निर्माण गर्ने गराउने कार्य नगर्नु नगराउनु भनिएको थियो। त्यस लगतै स्वतन्त्र नागरिक समाज धरान र सचेत धराने समुह धरानले चर्को विरोध गकेका थिए। अधिबक्ता नेपालले लेखेको स्टाटस बाहेक उच्च अदालत विराटनगरले फैसलाको पूर्णपाठ सार्वजनिक गरेका छैन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...