News Portal

माया धराने साबुन निर्माणाधीन फ्याक्ट्री भवन विरुद्धको रिट खारेज

हिमालीसंचार संवाददाता
२३६० पटक

धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ” माया धराने साबुन उद्योग खोल्न निर्माणाधीन भवनको जग्गा वन क्षेत्रमा परेको भन्दै वन कार्यालयले उच्च अदालत विराटनगरमा दिएको रिट आज खारेज गरिदिएको छ।

उच्च अदालत विराटनगरको फैसला लगत्तै धरानका मेयर साम्पाङको अधिवक्ता स्वागत नेपालले आफ्नो सामाजिक संजाल फेसबुकमा “हर्क साम्पाङ्गकाे मुद्दामा जनताकाे जीत ..

माया धराने साबुन उत्पादन विरुद्धको रीट निवेदन खारेज भयाे। अब साबुन उत्पादन विधिवत् शुरु हुनेछ, बहस भर्खरै सकिएर फैसलापछि बिराटनगर उच्च अदालत बाहिर ! माननीय न्यायाधीश द्वय कमलकृष्ण अधिकारी र मुरारी श्रेष्ठ ज्युकाे इजलासबाट फैसला भएको हाे।” भन्दै अधिबक्त नेपाललो फेसबुक स्टाटसमा लेखेका छन्। उनका अनुसार न्यायाधीशद्वय कमलकृष्ण अधिकारी र मुरारी श्रेष्ठको संयुक्त इजलासले उक्त रिट खारेज गरेको उल्लेख गरेका छनि। 

गत पुस ६ गते सव डिभिजन वन कार्यालय विष्णुपादुका तथा डिभिजन वन कार्यालय सुनसरीले मेयर साम्पाङ विरुद्ध दायर गरेको रिटको सुनवाइ गर्दै उच्च अदालत विराटनगरले उत्प्रेषणको परमादेश जारी गरेको थिए। वनले रिट खारेज गरेपछि उच्चअदालत विराटनगरको आदेशले धरानमा निर्माणाधीन साबुन उद्योगको काम रोकिएको थियो ।

मेयर साम्पाङले पनी सामाजिक संजाल फेसबुक पेज मार्फत लेखेका छन् “”माया धराने” एउटा सपना, संकल्प र भविष्य हो ! जीत हुन्छ क्रान्तिको शंकै नमान ! जय धरान ! जय श्रम अभियान !”

वनले दिएको रिटपछि उच्च अदालत विराटनगरले आदेशमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म वन क्षेत्र भित्रको पर्ने जग्गामा स्टेअडर्र लागू गर्दै अतिक्रमित हुने गरी साबुन उद्योग निर्माण गर्ने गराउने कार्य नगर्नु नगराउनु भनिएको थियो। त्यस लगतै स्वतन्त्र नागरिक समाज धरान र सचेत धराने समुह धरानले चर्को विरोध गकेका थिए। अधिबक्ता नेपालले लेखेको स्टाटस बाहेक उच्च अदालत विराटनगरले फैसलाको पूर्णपाठ सार्वजनिक गरेका छैन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...