News Portal

२३औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधी एभिनियर क्यामरुनले उचाल्यो (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४०५ पटक

सन्जिब कुमार राई/धरान – २३औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधी क्यामरुनको एभिनियर फुटबल क्लबले उचालेको छ ।

धरान-१६ स्थित क्षेत्रीय रंगशालामा आज एभिनियर क्यामरुन र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच भएको खेलमा १-० गोलअन्तरले क्यामरुनले २३औं बुढासुब्बा टुबोर्गको गोलकपको उपाधि हात पारेको हो। गत दुई बर्ष अधि नेपालमा खेल खेल्दै आएका क्यामरुनले पहिलो पटक बुढासुब्बा टुबोर्ग गोलकप खेलेको हो। क्यामरुनले उपाधिसंगै नगद १० लाख पुरस्कार जितेको छ। त्यस्तै, उपविजेता काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाले नगद ५ लाख प्राप्त गरे।

आयोजित प्रतियोगितामा सर्वोउत्कृट खेलाडिका लागि काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाका मिलन राईले नगद १ लाख पुरस्कार प्राप्त गरे। सार्वधिक गोलकर्ता काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाका खेलाडि निशान लिम्बु धोषित भए। उनले नगद २५ हजार प्राप्त गरे भने खेल अवधिभर ३ गोल गरेका थिए। 

आयोजित खेलमा बेस्ट स्ट्राइकर काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाका यमी, क्यामरुनका खेलाडी बेस्ट मिड फिल्डर जोय एल्डो, बेस्ट डिफेन्डर क्यामरुनकै सागु र बस्ट लोक रक्षक एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भएका थिए। उनीहरुले जनही २५ हजार प्राप्त गरे। आयोजित खेलमा बेस्ट कोच काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाका आशिष थापामगर धोषित भए। उनले नगद २५ हजार पुरस्कार प्राप्त गरेका थिए।

त्यस्तै, प्रतियोगिताको उदयीमान खेलाडि धरान फुटबल क्लबका विनोद राई धोषित भएका थिए। उनले नगद १० हजार प्राप्त गरे। आज भएको खेलको म्यान अफ दि म्याच काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाका रिचार्ड घोषित भए। उनले पनी नगद १० हजार प्राप्त गरे।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...