News Portal

  • २३औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधी एभिनियर क्यामरुनले उचाल्यो (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३६१ पटक

    सन्जिब कुमार राई/धरान – २३औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधी क्यामरुनको एभिनियर फुटबल क्लबले उचालेको छ ।

    धरान-१६ स्थित क्षेत्रीय रंगशालामा आज एभिनियर क्यामरुन र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच भएको खेलमा १-० गोलअन्तरले क्यामरुनले २३औं बुढासुब्बा टुबोर्गको गोलकपको उपाधि हात पारेको हो। गत दुई बर्ष अधि नेपालमा खेल खेल्दै आएका क्यामरुनले पहिलो पटक बुढासुब्बा टुबोर्ग गोलकप खेलेको हो। क्यामरुनले उपाधिसंगै नगद १० लाख पुरस्कार जितेको छ। त्यस्तै, उपविजेता काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाले नगद ५ लाख प्राप्त गरे।

    आयोजित प्रतियोगितामा सर्वोउत्कृट खेलाडिका लागि काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाका मिलन राईले नगद १ लाख पुरस्कार प्राप्त गरे। सार्वधिक गोलकर्ता काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाका खेलाडि निशान लिम्बु धोषित भए। उनले नगद २५ हजार प्राप्त गरे भने खेल अवधिभर ३ गोल गरेका थिए। 

    आयोजित खेलमा बेस्ट स्ट्राइकर काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाका यमी, क्यामरुनका खेलाडी बेस्ट मिड फिल्डर जोय एल्डो, बेस्ट डिफेन्डर क्यामरुनकै सागु र बस्ट लोक रक्षक एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भएका थिए। उनीहरुले जनही २५ हजार प्राप्त गरे। आयोजित खेलमा बेस्ट कोच काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाका आशिष थापामगर धोषित भए। उनले नगद २५ हजार पुरस्कार प्राप्त गरेका थिए।

    त्यस्तै, प्रतियोगिताको उदयीमान खेलाडि धरान फुटबल क्लबका विनोद राई धोषित भएका थिए। उनले नगद १० हजार प्राप्त गरे। आज भएको खेलको म्यान अफ दि म्याच काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाका रिचार्ड घोषित भए। उनले पनी नगद १० हजार प्राप्त गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

    काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

    खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

    काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...

    एमाले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क तोकियो, अध्यक्षका लागि १५ हजार

    काठमाडौं, मंसिर २९ – नेकपा (एमाले) ले नयाँ नेतृत्व चयनका लागि हुने आन्तरिक निर्वाचनमा उम्मेदवारी...

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...