News Portal

  • २३औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा क्यामरुन र झापा भिड्ने (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २३० पटक

    सन्जिब कोयी/धरान – धरानमा संचालन भइरहेको २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिता धरान वडा नं. १६ स्थित क्षेत्रीय रंगशाला फुटबल खेलमैदानमा भइरहेको छ।

    आयोजित फुटबल फाइनलमा प्रवेश गरेको छ। भोली शनिबार एभेनियर क्यामरुन टिम र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। एभेनियर क्यामरुन र झापाबीच चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो। दुई बर्ष अधि क्यमरुनले नेपालमा व्यवसायीक रुपमा खेल खेल्न शुरु गरेको क्लबले २ पटक झापा र १ पटक क्यामरुनले जितेको छ। 

    झापा र क्यामरुनबीच भएको खेलमा बेलबारी गोल्डकपमा टाइब्रेकरका आधारमा ४–२ गोलअन्तरले एभेनियरले खेल जितेको थिए। इटहरी गोल्डकपमा १–० गोल अन्तरले झापाले जित हासिल गरेको थिए । मेची नेत्रालय काकडभिट्टा गोल्कडपमा झापाले २–० कोल अन्तरले क्यामरुनलाई पराजित गरेको थियो । 

    झापाले दुई पटक जितेको क्यामरुनलाई हराउदै बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि उचाल्ने रणनीतिमा उत्रने देखिन्छ भने क्यामरुनले झापाको पूर्ण सेटको खेलाडी नभएको फाइदा उठाउदै इतिहास रच्न चाहन्छ।

    झापाका प्रशिक्षक मुन्ना सुब्बाले यो फाइनल जितेर इतिहास रच्दै बुढासुब्बा २३औ संस्करणको उपाधि उचाल्ने दाबी गर्छन् । तर, क्यामरुनका प्रशिक्षक आशिक थापा मगरका अनुसार  नेपालका प्रतियोगिताहरु खेलिरहेको कारण राम्रो अनुभव रहेको उनको दावी छ। 

    बुढासुब्बा टुबोर्ग गोल्डकप विजेताले नगद १० लाख, उपविजेताले नगद ५ लाख प्राप्त गर्ने छन् । त्यस्तै, सर्वोत्कृष्ट घोषित खेलाडीले नगद १ लाख पुरस्कार प्राप्त गर्ने छ । खोल अबधीभर  हाइ स्कोररले नगद ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट चुनिएका खेलाडीहरुले जनही नगद २५ हजार प्राप्त गर्ने धरान फुटबल क्लबले जनाएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...