News Portal

  • क्रिकेट तर्फ भानु मेमोरियल र फुटबल तर्फ रञ्जनी एकेडेमी विजयी

    हिमालीसंचार संवाददाता
    १८६ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा रहेको नगर प्याव्सनले “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि  खेलकुद” भन्ने मुल नाराका साथ खेलकुद सम्पन्न भएको छ ।  रंगेलीको जनता क्यामपसको खेल मैदानमा नकआउट क्रिकेट तथा फुटबल टुनामेन्ट खेल सम्पन्न भएको हो।  

    क्रिकेट खेलतर्फ भानु मेमोरियल बोर्डिङ स्कुल बिजय भएको छ भने फुटवलतर्फ रञ्जनी एकेडेमीले जित हाँसिल गरेको छ। क्रिकेट खेलमा मिनिल्यान्ड बोर्डिङ स्कुललाई ३७ रनले पछि पार्दे भानु मेमोरियलले जित हासिल गरेको थियो । भानुका लागि  लब मण्डल ९५ रनको योगदान दिदै उत्कृष्ट खेलाडी घोषित भएका थिए l  

    फुटबल खेलको फाइनलमा रञ्जनी एकेडेमीले माउन्ट मकालुलाई १ गोललेपछि पार्दे रञ्जनी एकेडमी बिजय भएको हो। विशाल मुर्मुको १ गोल नै निर्णायक बनेको थियो। नगर प्याव्सन रंगेलीद्वारा आयोजित टुनामेन्टमा मिनिल्याणड बोर्डिङ स्कुल, भानु मेमोरियल बोर्डिङ स्कुल, माउन्ट मकालु बोर्डिङ स्कुल, स्टार बोर्डिङ स्कुल, मुनलाईट बोर्डिङ स्कुल, बाल ज्योति बोर्डिङ स्कुल गरि ८ वटा बिधालयहरुले खेलमा सहभागी  रहेका थिए । 

    आयोजित खेलमा नगर प्रमुख दिलिप बगडिया, नगर प्याव्सनका  अध्यक्ष सूर्यप्रसाद गौतम, सल्लाहकार सदस्य, प्यव्सन प्रदेश-१का सुनिल पौडेल, भक्तराज सुब्बा, विष्णु डंगोल,  विकर्ण कार्की लगायतले बिजेता तथा उप बिजेताहरुलाई सिल्ड, प्रमाणपत्र, मेडल  वितरण गरेको थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...